
विश्वकीर्तिमानी आरोही माया शेर्पाको नेतृत्वमा तीन सदस्यीय नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्नेबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै आरोही टोली । तस्बिर सिबी अधिकारी रासस ।
काठमाडौँ, ८ पुस । नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ ।
तीन सदस्यीय महिला आरोहीले पहिलो पटक कञ्चनजङ्घा आरोहणको सो साहसिक यात्राको घोषणा गरेको हो ।
कञ्चनजङ्घा आरोहणका हिसाबले विश्वकै अप्ठ्यारो हिमालको रुपमा मानिन्छ । उक्त हिमालमा हालसम्म ३४४ स्वदेशी तथा विदेशीले मात्र सफल आरोहण गरिसकेका छन् ।
जलवायु परिवर्तन न्यूनीकरणको सन्देश लिएर विश्वकीर्तिमानी आरोही माया शेर्पाको नेतृत्वमा महिला टोलीले कञ्चनजङ्घा आरोहण गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसअघि विश्वको अग्लो हिमाल सगरमाथा (८,८४८ मी नेपाल), र दोस्रो अग्लो हिमाल केटु (८,६१२ मी पाकिस्तान) को सफल आरोहण गरेको उक्त आरोहण दलले ‘थ्रि ओमेन, थ्री टप’ भन्ने नाराका साथ सन् २०१७ अप्रिल र मे महिनामा कञ्चनजङ्गा हिमालको आरोहण गर्ने तयारी गरेको हो ।
प्रतिकूल वातावरणसँगै जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न राज्य र विश्वलाई सकारात्मक सन्देश दिन टोलीको अभियानको मुख्य धेय रहेको आरोहण टोली प्रमुख माया शेर्पाले बताउनुभयो ।
उहाँले भूकम्पपछिको नेपालको पर्वतीय पर्यटनलाई विश्वसामु सुरक्षित रहेको सन्देश प्रवाह गर्न अभियान सान्दर्भिक हुने उल्लेख गर्नुभयो ।
“कञ्जनजङ्गा गाह्रो हिमाल हो, महिला सजिलो मात्र हैन, गाह्रो हिमाल पनि चढ्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न अभियान चलाइएको हो यसले विश्वका महिला आरोहीलाई आकर्षण गर्न सहयोग पुग्नेछ,”– आरोही शेर्पाले भन्नुभयो ।
सेभेन समिट फाउन्डेसनमार्फत आरोहण जान लागेको टोलीको कञ्चनजङ्घा आरोहणका लागि करिब रु ३६ लाख लाग्ने र उक्त रकम विभिन्न निकायबाट सहयोग जुटाइनेछ ।
आरोही टोलीलाई बिदाइ गर्दै नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि तीन शिखरबाट महिलाले सन्देश प्रवाह गर्न आरोहण सान्दर्भिक हुने विचार व्यक्त गर्नु भयो ।
सो अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पाले महिला आरोही टोलीलाई रु पाँच लाख दिने घोषणा गर्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता