
काठमाडौँ, ७ पुस । एन्टार्टिका महादेशको सर्वोच्च शिखर भिन्सन मासिफमा नेपालको राष्ट्रिय झन्डा फहराइने भएको छ ।
एन्टार्टिका आरोहणको तयारीमा रहेका कीर्तिमानी विश्व पर्वतारोही सञ्जय पण्डित राष्ट्रिय झन्डासहित आरोहणमा जान लाग्नुभएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज लैनचौरस्थित निवासमा आरोही पण्डितलाई राष्ट्रिय झन्डा र हिमालमा प्रयोग हुने आइस एक्स (हिउँ बञ्चरो) प्रदान गर्नुभएको छ । आरोहणका लागि शुक्रबार अन्टार्टिका जाने पण्डितले बताउनुभयो ।
सो अवसरमा उपराष्ट्रपति पुनले आरोही पण्डितले नेपालको राष्ट्रिय झन्डा एन्टारटिकामा फहराउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।
पण्डितले एसियाको सगरमाथा, अफ्रिकाको किलिमञ्जरो, युरोपको सर्वोच्च शिखर एलब्रस, अमेरिकाको सर्वोच्च शिखर एकन्कागुवाको सफल आरोहण गरिसक्नुभएको छ ।
झन्डा हस्तान्तरण कार्यक्रममा सांसद हीराबहादुर केसी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल, पूर्वसांसद वीरबहादुर सिंह र मुक्तिप्रसाद शर्मा, कतार एयरका देशीय व्यवस्थापक जयप्रकाश नेयर, राजनीतिज्ञ मणि थापा, विद्यार्थी नेता मनोजमणि आचार्य, युवा उद्यमी रघु पुरी, एनआरएन जापानका महासचिव अनुज थापालगायतले संयुक्त रुपमा बिदाइ एवम् शुभकामना व्यक्त गर्नुभएको थियो ।
अन्टार्टिका महादेशमा यसअघि तीन नेपाली बुटवलका भुवनसिंह विश्वकर्मा, रामबहादुर खत्री र अर्जुनकुमार थापा पुगेका थिए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने