काठमाडौँ, ७ पुस । सार्वजनिक यातायात कम सञ्चालन भएर यात्रुलाई आवतजावतमा समस्या भएका बेला पनि साझा यातायातका ४० वटा बसले भने उपत्यकामा नियमित सेवा दिइरहेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको उपत्यका बन्दले अन्य सवारीसाधनमा आंशिक प्रभाव पारेपनि साझा यातायातमा भने कुनै प्रभाव परेको छैन । यातायातले ३६५ दिन नै सेवा दिने गरेको निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
“लगनखेल–रत्नपार्क–नारायणगोपाल चोक–नयाँ बसपार्क मार्गमा १०,लगनखेल–सिंहदरबार–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ मार्गमा १०, एयरपोर्ट–कमलपोखरी–रत्नपार्क–लैनचौर–ठमेल–बालाजु बाइपास हुँदै नयाँ बसपार्क मार्गमा १० र स्वयम्भू–कलङ्की–रत्नपार्क–नयाँ बानेश्वर हुँदै कोटेश्वर मार्गमा १० गरी उपत्यकामा ४० वटा बस पूर्ववत् सञ्चालनमा छन्”– उहाँले भन्नुभयो ।
साझाका छ बसले उपत्यका बाहिर पनि निरन्तर सेवा दिइरहेको छ । उपत्यका बाहिर काठमाडौँ–बागलुङ दुई, काठमाडौँ–वीरगन्ज दुई र काठमाडौँ–भैरहवा लुम्बिनी दुई गरी छ वटा बस सञ्चालनमा छन् ।
लामो दूरीमा १० डिलक्स बस खरिद गर्ने निर्णय भइसकेको साझाले जनाएको छ ।
उपत्यकामा थप बस सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले थप रु पाँच करोड लगानी गर्ने भएको छ । अन्य नगरपालिका र जिल्ला विकास समितिसँग पनि सहकार्य एवम् लगानीका लागि अनुरोध गरिएको निमित्त महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।
साझा यातायात सहकारी संस्थाको स्थापना विसं २०१८ मा भएको हो । सहकारीले विसं २०१९ देखि सार्वजनिक सेवाका लागि साझा यातायात सञ्चालनमा ल्यायो । सञ्चालनका क्रममा साझा बन्द हुने र खुल्ने क्रम चलिरह्यो ।
पछिल्लो पटक विसं २०५८ माघ ११ गते सरकारले साझालाई खारेज गर्ने निर्णय गरयो । सो निर्णयका विरुद्ध साझाका केही कर्मचारी र सेयर होल्डर अदालत गए । अदालतले विसं २०५९ माघ १५ गते खारेजको निर्णय बदर गरयो । विसं.२०६० वैशाखदेखि साझाको व्यवस्थापन सुरु भयो । जेठदेखि त्यहाँ रहेका बस मर्मत गरेर र निजी क्षेत्रसँग सहकार्य गरी सञ्चालन हुन थालेका थिए।
साझाले निजी क्षेत्रसँगको सहकार्यमा चीनको ल्हासा र भारतको नयाँ दिल्लीमा पनि सिधा बस सेवा सुरु गरेको थियो । विविध कारणले २०६२, २०६३ को आन्दोलनका बेला सेवा प्रभावित भयो । पछि फेरि २०७० साल वैशाख १ गतेदेखि साझाले पुनर्जीवन पायो । हाल देशभर साझाका ४६ सवारी सञ्चालनमा छन् ।
साझामा महानगरपालिकाको ८६ प्रतिशत, सरकारको १० प्रतिशत र चार प्रतिशत सर्वसाधारण एवम् सङ्गठित संस्थाको सेयर छ ।
हाल २२५ साझाका सेयर सदस्य छन् । यतिखेर साझा समग्रमा नाफामा रहेको निमित्त कार्यकारी अधिकृत पाण्डेले बताउनुभयो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ