नेपाली सेनाका पूर्वमेजरको उपस्थितिमा पूर्व गोरखाको समस्यामाथि छलफल

 we-nepali-logo
लण्डन । बृटिश गोरखा भूपू सैनिक स‌ङघ (बिगेसो) युकेले पूर्व गोरखा सैनिकका समस्याबारे एक अन्तरक्रिया गरेको छ ।
गत शनिवार अल्डरसटमा आयोजित सो कार्यक्रममा बेलायतमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि, वुद्धिजीवी, राजनीतिज्ञ, कानुनविद, विद्यार्थी, व्यवसायी र पत्रकारहरुको उपस्थिति रहेको आयोजकले बताएका छन् ।
सो कार्यक्रममा बृटिश गोरखा भूपू र उनीहरुको परिवारभित्र रहेका र उठेका समसामयिक विषयबारे अन्तरक्रिया गरिएको थियो ।  कार्यक्रममा “भावी सन्तति र समसामयिक स्थितिजन्य विषयहरुमाथि चिन्तनमनन” नामक कार्यपत्र पेश भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका भूपू मेजर खगेन्द्र पाठक थिए भने विगेसो युके सभापति पद्मसुन्दर लिम्बुले कार्यक्रमको अध्यक्षता गरेका थिए । बिगेसो विदेश विभाग प्रमुख उत्तमप्रसाद राईले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री