काठमाडौँ, ६ पुस । सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका–संसद् सचिवालयद्वारा यहाँ आज आयोजित ‘प्रभावकारी संसद् र जनतासँगको सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भन्नुभयो, “संसद्मा अहिले देखिएको अवरोध हट्न गई संसद्का गतिविधि केही दिनभित्रै सञ्चालन हुनेछन् ।”
मुलुक र राजनीतिक दलको प्रमुख कार्यभार भनेको नयाँ संविधानको समयबद्ध कार्यान्वयन नै हो भन्दै उहाँले २०७४ माघभित्रै तीन तहको निर्वाचन पूरा गरी मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोतर्फ अगाडि बढाउन लाग्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले प्रेसको सिर्जनात्मक आलोचनाले संसद् र सांसदहरुलाई समृद्ध र सुदृढ तुल्याउन योगदान दिने बताउनुभयो ।
व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, नेता र सांसद सक्रिय भएमा जनताको प्रतिनिधि निकाय, संस्था संसद् स्वतः प्रभावकारी हुनेछ, भन्नुभयो ।
संसदीय पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयालले संसद्मा जनताको पहुँच भनेको प्रेस मार्फत सहज रुपमा जनता समक्ष सूचना पुरयाउनु हो भन्ने पक्षलाई सरकार र संसद्ले बुझ्न जरुरी छ भन्नुभयो ।
दुई दिने सो कार्यक्रममा संसद्लाई प्रमुख बिट बनाएर कार्यरत सञ्चारकर्मी र संसद्का कर्मचारीको सहभागिता छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए