लन्डन । लन्डन । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च यूकेले मंगलबार १२ औं स्थापना दिवस मनाएको छ । लन्डनमा एक कार्यक्रमबीच संस्थाको स्थापना दिवस मनाइएको हो । कार्यक्रममा नेपालीसहित बेलायती सांसदहरु ढाका टोपी र दोसल्ला ओढेर मञ्चमा देखिंदा अलिक पृथक लाग्थ्यो ।
कार्यक्रमलाई प्रमुख अतिथी सांसद कृष्णभक्त पोखरेल, विशेष अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, अतिथीहरु बेलायती सांसदहरु बीरेन्द्र शर्मा, ब्यारी गार्डनर र ग्यारेथ थोमस, एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य लगायतले सम्वोधन गरे । तीनै जना बेलायती सांसदहरु शर्मा, गार्डनर र थोमसले बेलायत नेपालबीच दुई सय वर्ष पुरानो कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उनीहरुले बेलायतमा नेपाली जनसंख्या बढ्दै जांदा अब नेपालीलाई बेलायती राजनीतिको मुल प्रवाहमा सक्रिय हुन सुझाव दिए ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथी सांसद पोखरेलले नेपालमा नयां संविधान जारीपछि देश आर्थिक समृद्धिको बाटोमा अघि बढेकाले देशलाई प्रवासी नेपालीहरुको रचनात्मक सहयोग खांचो रहेको बताए ।
विशेष अतिथी बेलायतका लागि नेपाली राजदूत सुवेदीले विदेशमा बसोबास गर्ने नेपालीहरु जुनसुकै आस्थाका रुपमा भएपनि नेपाल र नेपालीको हितमा सदैव क्रियाशिल रहनुपर्ने धारणा राखे । एनआरएनए युरोप संयोजक आचार्यले मञ्चले राजनीतिकमात्र होइन, सामाजिक क्षेत्रमा समेत उदाहरणीय कामहरु गरेको भन्दै प्रशंसा गरे ।
औपचारिक कार्यक्रम समापन गर्दै मञ्चका अध्यक्ष सिंखडाले समारोह सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।
मञ्चका महासचिव तुंगभद्र भुसालले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा उपाध्यक्ष रबीन्द्र कंडेलले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको पहिलो तथा औपचारिक चरणको सुरुमा प्रवासी नेपाली मञ्च बेलायतका नर्थ वेस्ट कमिटी अध्यक्ष वसन्त नेपालले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त अवसरमा नेपालबाट आएका बिग आइकन २०१६ विजेता साजन आलेले गायन र प्रतिष्ठा त्रिपाठी, रश्मी गौतम, विजया भण्डारी लगायतले आकर्षक नृत्य प्रस्तुत गरे ।
समारोहमा लिभरपुल जोन मोर युनिभर्सिटीका एशोसिएट डिन डा. पदम सिंखडालाई सम्मान गरिएको थियो । उनलाई मञ्चका अध्यक्ष सिम्खडा, प्रमुख अतिथी सांसद पोखरेल र विशेष अतिथी राजदूत सुवेदीले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ