बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: १९:५० | UK Time: 14:05

ओलीले अमेरिकी राजदूतलाई प्रष्ट्याए संशोधन प्रस्ताव विरोधको कारण

वीनेपाली
२०७३ पुष ६ गते १:२९

oli-and-alaina

काठमाडौँ, ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिज्बीच आज भेटवार्ता भएको छ ।

सिहंदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको संविधान संशोधन प्रस्ताव र निर्वाचनको विषयमा कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

राजदूत टेप्लिज्ले संविधान संशोधनको प्रस्तावमा एमालेको अवरोध र निर्वाचन सम्बन्धमा एमालेको धारणाका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

सो अबसरमा अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नभएको हुँदा एमालेले त्यसको विरोध गरेको बताउँदै निर्वाचनमा जाने सरकारको कुुनै तयारी नदेखिएको जानकारी गराउनुभयो ।

उहाँले निर्वाचन गर्न पार्टीले कुनै पनि अवरोध नगर्ने पनि बताउनुभएको उहाँका प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक