
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र नेपाल भ्रमणमा रहनुभएका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिल सोमबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्दै । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, ४ पुस । नेपाल र मङ्गोलियाबीच सोमबार विभिन्न क्षेत्रमा सम्झौता र सहमति भएको छ ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र मङ्गोलियाका विदेशमन्त्री चेन्द मुख अर्गिलबीच परराष्ट्र मन्त्रालयमा आज बिहान सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
मन्त्री अर्गिल नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउनभुएको हो ।
दुई देशबीच भएको सम्झौताबमोजिम अबदेखि नेपाल र मङ्गोलियाका कूटनीतिक र सरकारी (विशेष राहादानी) बाहक नागरिकलाई भ्रमणका लागि प्रवेशाज्ञा नचाहिने भएको छ ।
त्यसैगरी मङ्गोलिया सरकारले विश्वका सबै भूपरिवेष्ठित राष्ट्रको अध्ययन एवम् सहयोगका लागि एक अन्तर्राष्ट्रियस्तरको थिंक ट्याङ्क स्थापना गर्न गरेको प्रस्तावलाई नेपालले स्वीकार गरेको छ ।
यस्तो समूहमार्फत भूपरिवेष्ठित देशहरुका समस्याका साथै साझा चासो र सरोकारका बारेमा अध्ययन गरी अन्तर्राष्ट्रिय समुदायमा साझा धारणा निर्माणका लागि पनि सहयोग पुरयाउन सक्दछ ।
त्यस्तै नेपाल र मङ्गोलियाका बीचमा आपसी चासोका बारेमा गरिने द्विपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रालयबीचमा एक संयुक्त परामर्श संयन्त्र निर्माण गर्ने र उक्त संयन्त्रको बैठक दुवै पक्षलाई अनुकुल हुनेगरी नियमित रुपमा आयोजन गर्ने बारेमा सहमति भएको छ ।
मङ्गोलिया अधिकांश बौद्ध धर्मावलम्बीको देश भएकाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्धगुम्बा निर्माणका लागि नेपालले गरेको आग्रहलाई मङ्गोलियाले सकारात्मक रुपमा लिएको र प्रक्रिया अघि बढाउने बताएको हो ।
यसैगरी यी दुई देशका बीचमा जनस्तरको सम्बन्धलाई थप बलियो बनाउन र एक अर्काका मुलुकको बारेमा बुझाईका दायरा फराकिलो बनाउन दुवै देशका पत्रकार, सांसद तथा संस्कृतिक भ्रमण आदानप्रदान गर्ने पनि सहमति भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्ताका क्रममा भएको समझदारीबमोजिम नेपाल संयुक्त राष्ट्रसङ्घमा शान्ति स्थापनामा विगत लामो समयदेखि महत्वपूर्ण योगदान पुरयाउँदै आएको र हाल सैन्य योगदान गर्ने विश्वको छैटौँ ठूलो देश भएकाले नेपालको यो अनुभवबाट लाभान्वित हुने अपेक्षा व्यक्त भएको छ ।
मङ्गोलियाका विदेशमन्त्रीसहितको प्रतिनिमण्डलसँग भएको द्विपक्षीय वार्तामा परराष्ट्र सचिव शंकरदास बैरागीसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
उक्त द्विपक्षीय वार्तापछि परराष्ट्र मन्त्री डा महतले दुई देशबीच महत्वपूर्ण विषयमा सहमति भएको सञ्चारकर्मीलाई जानकारी गराउँदै हालका लागि सुरु गरिएको प्रवेशाज्ञा नलाग्ने प्रावधान भविष्यमा नेपाल र मङ्गोलियाका सबै नागरिकका लागि पनि गर्न सकिने गरी सहज बनाइने बताउनुभयो । यसले जनस्तरमा सम्बन्ध विस्तारका लागि सघाउ पुग्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
मन्त्री डा महतले दुवै देशका बीचमा जनस्तरमा सम्पर्क अभिवृद्धिका साथै भूपरिवेष्ठित देशको हित र साझा चासोका बारेमा गठन हुने थिंक ट्याङ्कले नेपालजस्तो भूपरिवेष्ठित देशका लागि पनि फाइदा पुग्ने बताउनुभयो ।
यसैबीच आजै परराष्ट्रमन्त्री डा महतले मंगोलियाका विदेशमन्त्रीको सम्मानमा दिवाभोजको आयोजना पनि गर्नुभयो ।
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी