काठमाडौँ, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एव्म उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा आपसी हित र सामाजिक आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने बारे द्विपक्षीय छलफल भएको थियो ।
भेटमा उहाँहरुबीच दुई देशबीचमा आर्थिक एवम् राजनीतिक सम्बन्धलाई अझ प्रगाढ र सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले जानकारी दिनुभयो ।
सो अबसरमा प्रधानमन्त्रीसँग चिनियाँ पक्षले ‘वान वेल्ट, वान रोड’ को विषय र नेपालको आर्थिक विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा चासो दिएको थियो । त्यस विषयमा नेपालबाट कुनै प्रस्ताव आओस् भन्ने चिनियाँ पक्षको चासो रहेको छ ।
त्यस्तै दुई देशबीचमा सडक एवम् रेल सञ्जालका विषयमा पनि कुराकानी भएको थियो । चिनियाँ रेल नेपालसम्म ल्याउने र तातोपानी नाका खोल्ने विषयमा प्रधानमन्त्री प्रचण्डले चासो व्यक्त गर्नुभएको थियो ।
छलफलका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङले नेपालको चाँडै भ्रमण गर्ने तर मिति तय नभइसकेको सल्लाहकार डा अधिकारीले बताउनुभयो ।
संविधान संशोधनका विषयमा चीनले यसलाई मिलाएर सकारात्मक रुपमा अगाडि बढोस् भन्ने इच्छा व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य ल्युले नेपालको नयाँ सरकारलाई चीनको सहयोग रहिरहने बताउँदै नेपालको ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धताप्रति पनि आभार प्रकट गर्नुभएको थियो ।
ल्यु नेतृत्वको प्रतिनिधिमण्डल तीनदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएको हो । नेपाल आएलगत्तै प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको थियो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ