
चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालद्वारा आज ग्रेट हल अफ दि पिपुलमा चिनियाँ राष्ट्रपति सि समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनु हुँदै । तस्बिर ः नेपाली राजदूतावास, बेइजिङ,
काठमाडौँ, ४ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङले दुवै देशलाई उपयुक्त हुने समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने विश्वास दिलाउनुभएको छ । चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले आज ग्रेट हल अफ दि पिपुलमा बुझाउनुभएको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सिले नेपालले एक चीन नीति पालना गरेकामा धन्यवाद दिँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ दुवै देशका लागि लाभकारी हुने विश्वास दिलाउनुभयो । उहाँले विश्व परिस्थितिमा जस्तो परिवर्तन आए पनि दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध कायमै रहने स्पष्ट गर्नुभयो ।
सो अवसरमा राजदूत पौड्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको दोहोरयाउनुभयो । राष्ट्रपति सिको भ्रमणले हिमालपारिका क्षेत्रमा समृद्धि र स्थिरताका लागि रेलवे, यातायात, संस्कृति, पर्यटन, व्यापार, लगानी, ऊर्जा, सञ्चार र दुई देशका जनताबीचको सम्बन्धका क्षेत्रमा बहुआयामिक सहयोगको प्रवद्र्धन गर्न नयाँ अवसर खोल्नेमा राजदूतले जोड दिनुभयो ।
उहाँले विगतमा बुद्धिमान र दूरदर्शी नेताहरुले विस्तार गरेको दुई देशबीचको सम्बन्ध यस क्षेत्रमा आगामी दिनमा शान्ति, स्थिरता र विकासलाई नयाँ उचाइमा पुरयाउन अझ सुदृढ गर्नुपर्ने बताउँदै चीनको बल र विकासबाट लाभ लिई नेपालमा विकास र स्थिरताका लागि नेपाली जनताले ठूलो आशा र अपेक्षा गरेको पनि उल्लेख गर्नुभयो ।
“नेपाली जनता चीनको विकासलाई नेपालको स्थिरता र विकासका लागि अवसर ठान्छन्” राजदूतले भन्नुभयो । समारोहमा चिनियाँ विदेशमन्त्री तथा चिनियाँ सरकारका उच्च अधिकारी नेपाली राजदूतावासका अधिकृतको पनि सहभागिता रहेको चीनका लागि नेपाली राजदूतावास, बेजिङद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ