पोखरा, २ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पूर्वाधारका काम भइरहेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले आज बिहान यहाँ गरेको छलफल कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलमा पूर्वाधारका काम भइरहेको जानकारी गराउनुभयो ।
उहाँका अनुसार गएको वैशाख १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेपछि लगत्तै वर्षायाम सुरु भएकोले विमानस्थलको काम रोकिएकोमा हाल नाला बनाउने र विमानस्थलसम्म पुग्ने पहुँच मार्गको निर्माण सम्पन्न भई विमानस्थलको डिजाइन कार्य सञ्चालन भइरहेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले विसं २०३३ मा तीन हजा १०६ रोपनी जमिन अधिग्रहण गरेकोमा नपुग करिब ५२१ रोपनी जग्गा र ३५ वटा घरटहरा अधिग्रहण गरिसकेको र यसका लागि दुई अर्ब चौतिस करोड ७० लाख पाँच हजार ४६७ मुआव्जा वितरण गरिसकेको छ ।
विमानस्थलको ठेक्का लिएको चीनको ठेकेदार कम्पनी सिएमसीइको प्राविधिक टोली यहाँ आइसकेको र निर्माण अवधिभर कम्पनीको प्राविधिक टोली, कर्मचारी र कामदार बस्ने अस्थायी भवन बनाउने काम भइरहेको आयोजनाका प्रमुख प्रदीप अधिकारीले बताउनुभयो ।
सन् २०२० को जुलाई सम्ममा विमानस्थलको निर्माण कार्य सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको बताइएको छ । कार्यक्रमका सभापति व्यवस्थापिका संसद् विकास समितिका सभापति एवम् विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक रवीन्द्र अधिकारीले विमानस्थलको काम अघि बढिरहेकाले यसमा आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभयो ।
उहाँले विमानस्थलबाट प्रत्यक्ष प्रभावित वडा नं १४, १८ र १५ मा निर्माण गरिने पूर्वाधारका काम कतिपय आयोजनाले र बाँकी नेपाल सरकारले पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा विमानस्थलबाट प्रभावित स्थानीय बासिन्दा बोधराज कार्की, रोमबहादुर कार्की, गोकर्ण कार्की, भीमसेन थापा, बलराम कुँवरलगायतले कबुल गरेका पूर्वाधार विकासका काम तत्काल सुरु गर्न आग्रह गर्नुभयो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]