
काठमाडौँ, १ पुस । सरकारले अबको १० वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने खालको लगानीमैत्री वातावरण बनाउनका लागि नीति तयार गर्न लागेको छ ।
उद्योग मन्त्रालयमा आज नेपाली काँग्रेससँग आबद्ध सांसदसँगको छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले आर्थिक र औद्योगिक क्षेत्र तथा वैदेशिक लगानी नीति संसदमा प्रस्तुत भइसकेको र बौद्धिक सम्पत्ति नीति पनि ल्याउने तयारीमा भइरहेको जानकारी दिनुभयो ।
आगामी फागुन १९ र २० गते अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन नेपालमा गरी करिब ३०० विदेशी लगानीकर्तालाई ल्याएर थप रु एक अर्ब लगानी नेपाल ल्याउने उद्देश्य रहेको समेत मन्त्री जोशीले बताउनुभयो । राज्यमन्त्री कञ्चनचन्द्र वादेले मन्त्रालयले लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि काम गरिरहेको र २० घन्टाभित्र उद्योग गर्दा गर्न सकिने प्रावधान आजैदेखि सुरु भएको बताउनुभयो ।
छलफलमा काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र सांसदले नेपालमै रोजगारीको सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिनुभएको थियो । मन्त्रालयले उद्योग क्षेत्र सुधार कार्यक्रमअन्र्तगत अन्य दलका सांसदलाई पनि बोलाएर छलफल गर्ने तयारी गरेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता