काठमाडौँ, १ पुस । भूकम्प प्रभावित १७ जिल्लामा आजदेखि सर्वेक्षणको प्रक्रिया सुरु भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
भूकम्प प्रभावित भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, चितवन, नवलपरासी, पाल्पा, गुल्मी, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र अर्घाखाँचीमा लगत सङ्कलनका लागि विभागबाट आजै सम्पर्क अधिकृत जिल्ला पुगेको निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिनुभयो ।
“समन्वयका लागि आज जिल्ला पुगेका अधिकृतले कार्यालयको स्थापनालगायत तयारी गरी पुस १३ देखि सर्वेक्षणको काम सुरु गर्नेछन्, पीडितमा केन्द्रित भई ‘भेरिफिकेसन मोडल’ बाट लगत सङ्कलन हुनेछ, सङ्कलन भएको लगत पुस १५ गतेदेखि नै केन्द्रमा आउनेछ र आएको तथ्याङ्कलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाउने व्यवस्था मिलाइएको छ”– उहाँले भन्नुभयो ।
लगत सङ्कलनका लागि स्थलगत रुपमा खटिने प्रविधिज्ञले ल्यापटपमा तथ्याङ्क प्रवेश गराउने बित्तिकै विभागको केन्द्रीय कार्यालयमा आउने प्रविधि जडान गरिएकाले छिटो काम हुने बताइएको छ । माघ मसान्तसम्म १७ जिल्लाको सर्वेक्षण सकी प्राधिकरणमा प्रतिवेदन बुझाइसक्ने विभागको लक्ष्य छ ।
प्रारम्भिक प्रतिवेदन आएसँगै प्राधिकरणले पहिलो किस्ता वितरणका लागि अनुदान सम्झौताको प्रक्रिया पनि सुरु गर्ने तयारी गरेको छ । भूकम्पपछि गृह मन्त्रालयमा आएको अभिलेखअनुसार १७ जिल्लामा ९० हजार घर पूर्णरुपमा क्षति भएका थिए ।
जिल्ला विकास समितिमार्फत तीन महिना अघि सङ्कलन गरिएको तथ्याङ्क अनुसार एक लाख ९० हजार घर क्षति भएको प्रतिवेदन आएको विभागले जनाएको छ ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]