लहान, २९ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल सिरहाद्वारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — “यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेको हुँदा सहमतिमा छिट्टै नै निर्वाचनको मिति घोषणा हुन्छ ।”
प्रधानमन्त्री दाहालले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको बताउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको छ भन्नुभयो ।
“सकेसम्म मधेस, पहाड, हिमाल सबैको स्वीकार्यता बढाएर, मधेसी दललाई पनि विश्वासमा लिएर राष्ट्रिय एकतालाई बलियो बनाइ संविधान कार्यान्वयन गर्ने र निर्वाचनको वातारण बनाउनेतिर नै सरकारको जोडबल छ,” उहाँले भन्नुभयो — “संसद्मा दत्र्ता गराएको संविधान संशोधन प्रस्ताव सरकारले कुनै पनि हालतमा फिर्ता नलिने तर त्यसमा सकारात्मक परिमार्जन भन्ने गर्न सकिन्छ ।”
प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु र आफूमाथि राष्ट्रघाती आरोप लगाउनु गलत भएको टिप्पणी गर्दै ढिलै भए पनि प्रतिपक्षले पनि संशोधन प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो ।
मधेसबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको प्रशङ्ग कोट्याउँदै उहाँले मधेसका जिल्लामा खानेपानी, बिजुली, सडकलगायतका पूर्वाधार निर्माणतर्फ सरकारले प्याकेजसहित काम अघि बढाएको छ भन्नुभयो ।
पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्मा र कानुनमन्त्री अजयशङ्कर नायकको पनि उपस्थिति थियो ।
यसअघि प्रधानमन्त्री दाहाल आज बिहान सिरहाको मिर्चैयामा आयोजित सिरहा क्षेत्र नम्बर– ५ संसदीय कोष विकास समितिको बैठकमा पनि सहभागी हुनुभयो ।
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत