राप्रपा नेपालद्वारा पदाधिकारी चयन

kamal-thapa-and-pashupati-shamsher-rana

काठमाडौँ, २८ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तरिम विधान तथा पार्टीको एकीकरणको नीति र आधारपत्रमा व्यवस्था भएबमोजिम नयाँ पदाधिकारी चयन गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबराको सहमतिमा उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, प्रतिभा राणा र हरिनारायण यादवलाई जिम्मेवारी दिएको हो ।

त्यसैगरी महामन्त्रीमा टङ्क ढकाल, धु्रवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, डा धवलशम्शेर जबरा र नरेन्द्र चौधरी रहनुभएको सहायक प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

बैठकले उद्धव पौडेल र नीलकण्ठ काफ्लेलाई कोषाध्यक्ष, प्रवक्तामा ठाकुरप्रसाद शर्मा र राजाराम श्रेष्ठ, सहायक प्रवक्ताहरु किरण गिरी, मोहन श्रेष्ठ, वसन्तमानसिंह अधिकारी र राजाराम बर्तौलालाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री