
प्रधानमन्त्री पुष्पकमल दाहाल १३ औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा मङ्गलबार बसन्तपुर दरबार क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै ठूलो जटिलतालाई पार गरेर जारी गरिएको संविधान सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
तेहैं राष्ट्रिय ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बनाएको छ ।
प्रधानमन्त्री दाहालले मधेस, पहाड र तराईका जनताको स्वीकार्यलाई बढाएर देशको एकतालाई बलियो बनाउन सकिने बताउँदै “तीन दलबीच आज छलफल भएको छ, अब केही दिनभित्र चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन कार्यलाई टुङ्गोमा पु¥याउन सबै सकारात्मक छौँ भन्नुभयो ।”
पुनःनिर्माणका काम अगाडि बढाउन लाग्दालाग्दै पनि सन्तोषजनक हुन नसकेको स्वीकार्दै उहाँले भन्नुभयो, “ मुलुकको समृद्धिका लागि सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ ।”
प्रधानमन्त्री दाहालले मुलुकको पहिचानमा ज्यापु समुदायको सभ्यता र संस्कृतिले महत्वपूर्ण योगदान दिएको बताउँदै मौलिक पर्वका रुपमा स्थापित भएका सबै संस्कृतिलाई जोगाउनका लागि नयाँ पुस्ता त्यसतर्फ आकर्षित हुनुपर्ने छ भन्नुभयो । ज्यापू संस्कृति विकास कोषलाई रू १५ लाख उपलब्ध गराउने घोषणा पनि उहाँले गर्नुभयो ।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियस्तरमा सम्मानित ननिता महर्जनलाई राष्ट्रियस्तरमा सम्मान गर्ने प्रतिबद्धता जनाउँदै विभेदमा परेकाको हितका लागि सरकार क्रियाशील रहेको बताउनुभयो ।
कोषका संरक्षक तीर्थराम डङ्गोलले कोषमा रकम वृद्धि र खेलाडी महर्जनलाई सम्मानका लागि आग्रह गर्दै ज्यापू भनेको किसान हो, राष्ट्रको गौरव पनि हो भन्नुभयो ।
उहाँले काठमाडौँ उपत्यकामा ज्यापूका अधिकांश घर भूकम्पमा परी उनीहरुले दुःख पाइरहेकाले पुनःनिर्माणका कार्य छिट्टो गर्न सरकारसंग आग्रह गर्नुभयो ।
कोषका अध्यक्ष मङ्गलसिंह महर्जनले ज्यापू दिवसको महत्व क्रमिक रुपमा बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा विभिन्न क्षेत्रबाट समाजको विकासमा योगदान पुरयाउने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
यसअघि सो समूदायले विभिन्न टोल तथा स्थानबाट बाजागाजा, झाँकीसहित पदयात्रा गरेका थिए । काठमाडौँ उपत्यकाका कृषक ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चाडका रुपमा आज यमरी पकाएर खाने चलन छ । आजको दिनलाई यमरी पुन्हीसमेत भनिन्छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ