काठमाडौँ, २८ मङ्सिर । संविधान संशोधन विधेयकको विपक्षमा मत राख्ने नेकपा (एमाले)सहित आठ दलको संयुक्त बैठकले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म संसद् नखोल्ने र आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित नेकपा (एमाले)को संसदीय दलको कार्यालयमा आज बसेको आठ दलको बैठकका बारेमा जानकारी दिँदै नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म विरोधका कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउने निर्णय भएको बताउनुभयो ।
उहाँलेसरकारले विधेयक फिर्ता लिएको खण्डमा जुनसुकै सहयोग पनि गर्न तयार रहेको बारेमा छलफल भएको जानकारी दिनुभयो ।
संविधान संशोधनको विधेयकमाथि विपक्षी दल मात्र नभएर सत्ता साझेदार दलका नेताहरुमा समेत असहमति देखिएको हुँदा सो विधेयक फिर्ता लिनुपर्ने विषयमा छलफल भएको थियो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव गलत भएको र सरकारले सो विधेयक फिर्ता लिनुको विकल्प नभएको बताउनुभयो ।
सो विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने भन्दै उहाँले थप्नुभयो – “संविधाने संशोधन ५ नं क्षेत्रका जनता र संसद्ले चाहेका छैनन्, सरकारले नदुखेको कपाल डोरी लगाएर दुखाइरहेको छ ।”
बैठकमा नेकपा (एमाले) नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल परिवार दल, नेपाः पार्टी, जनमुक्ति लोकतान्त्रिक पार्टी, मधेसी समता पार्टी गरी आठ दलका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता