
राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमल थापा र चर्चित नायिका रेखा थापा । तस्बिर रोशन सापकोटा, रासस
काठमाडौँ, २७ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान संशोधन प्रस्ताव ल्याउने बेलामा आफूहरुसँग परामर्श नगरिएकाले त्यसको पक्षमा उभिन नैतिक बन्धन नरहेको निष्कर्ष निकालेको छ ।
रापपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा धूम्रवाराहीस्थित पार्टी कार्यालयमा आज बसेको बैठकले संविधान संशोधन विधेयकले प्रदेश नं ५ का जनताको भावनामा असर पुरयाएको, मधेसी मोर्चा र प्रमुख प्रतिपक्षदललगायतलाई असन्तुष्टि बढाएको भन्दै नयाँ शिराबाट दलहरुकाबीच समझदारी कायम गर्नुपर्ने माग गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा स्थानीय तहको पार्टी एकीकरणको प्रतिवेदनअनुसार ५५ जिल्लामा एकीकरण भएको, १२ जिल्लामा विवादका कारण एकीकरण हुन नसकेको र आठ जिल्लामा एकीकरण गर्न बाँकी रहेको जानकारी गराइएको छ । विवादित जिल्लामा राप्रपा र राप्रपा नेपालका नेताले एक÷एक महिनाको समय अवधिमा आलो पालो प्राणलीबाट नेतृत्व लिने निर्णय बैठकमा भएको छ ।
यही मङ्सिर ३० देखि आगामी पुस ९ गतेसम्म तत्कालीन ‘पाँचै विकास क्षेत्र’मा क्षेत्रीय बैठक र आमसभा गर्ने निर्णय पनि बैठकले गरिएको जनाएको छ ।
यसअघि एक समारोहमा अध्यक्ष थापाले “समस्याको समाधान गर्ने थलो संसद् हो, प्रमुख प्रतिपक्षदललगायत दलले त्यसलाई अवरोध गर्न हुँदैन्” भन्दै मुलुकमा संविधान जारी भएपछि अब देश नयाँ चरणमा प्रवेश गरेको र संविधानले सबैका अधिकारलाई स्थापित गरेकाले यसले निर्दिष्ट गरेको विधि र प्रक्रियाबाट विद्यमान समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
चलचित्र अभिनेत्री रेखा थापालाई पार्टीको सदस्यता प्रदान गरी उनको राजनीतिक सफलताको कामना गर्दै उहाँले क्षमताका आधारमा जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पार्टीका नेता एवम् पूर्वमन्त्री सुनिल थापाले राष्ट्रलाई प्रजातान्त्रिक शक्तिको खाँचो रहेको औँल्याउँदै मुलुकमा स्थायित्व तथा राजनीतिक स्थिरता कायम गर्न राष्ट्रवादी शक्तिको एकता आवश्यक रहेको बताउनुभयो ।
पार्टी निकट महिला सङ्गठनका अध्यक्ष कुन्ती शाहीले न्याय तथा समतामूलक समाज निर्माण गरी देशमा सामाजिक रुपान्तरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । समारोहमा नायिका थापाले हिन्दू धर्म तथा नेपाली समाजका परम्परागत मूल्य मान्यताको संरक्षण गर्न आफू सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ