नेपालगन्ज, २७ मङ्सिर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गर्नुभएको छ ।
प्रेस चौतारी, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष फैलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको हो ।”
अब राजनीतिक सहमतिको बाटो के हुन सक्छ रु भन्ने पत्रकारको प्रश्नको जवाफमा उहाँको छोटो जवाफ थियो – “संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ ।”
अध्यक्ष ओलीले भन्नुभयो –“जनता हिमाल, पहाड र तराई छुट्याउन चाहँदैनन् । अनि किन तराईलाई पहाडबाट अलग गर्ने प्रस्ताव ल्याइयो ?”
जनताका प्रतिनिधिले बनाएको संविधानको विरोध गर्नेहरु नै संविधान संशोधनको नाममा मुलुकलाई द्वन्द्वमा फसाउन चाहेको टिप्पणी गर्दै उहाँले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले जनतालाई खुसी बनाएको छैन, रुवाएको छ, पीडामा पारेको छ भन्नुभयो ।
एक अर्को प्रश्नको जवाफमा अध्यक्ष ओलीले राजनीतिका नाममा मुलुकमा सधैँ द्वन्द्व उद्योग सञ्चालन गर्नेहरुसँग जनता सावधान हुनुपर्छ भन्नुभयो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान