दैनिक ६० स्मार्ट चालक अनुमतिपत्र नेपालीकरण

28112015061005smart-licence-1000x0

ललितपुर, २७ मङ्सिर । यातायात व्यवस्था विभाग, वाग्मती अञ्चल कार्यलयले विदेशमा बनेका दैनिक झन्डै ६० चालक अनुमतिपत्रलाई नेपालीकरण गरिरहेको छ ।

कार्यलयले अनुमतिपत्र अर्थात् ‘स्मार्ट कार्ड’ दिन थालेसँगै अरु मुलुकमा बनेका चालक अनुमतिपत्र नेपालीकरण गर्न थालिएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “हस्तलिखित कार्ड भने दूतावासले प्रमाणीकरण गरेपछि मात्रै हामी काम गर्न सक्छौँ ।” विदेशमा बनेका स्मार्ट कार्ड दूतावासबाट सिफारिस गरे पुग्छ भने हस्तलिखित कार्ड प्रमाणीकरण गर्नुपर्छ ।

विदेशमा बसोवास गरेर आएका नेपालीसँगै नेपालमा बसोबास गरिरहेका विदेशीलाई स्मार्ट कार्ड नेपालीकरण हुने भएपछि सहज भएको छ । विदेशमा चालक अनुमतिपत्र बनाएका नेपालीले बसोबासको कारण निवेदनमा खुलाउनुपर्छ । उहाँ भन्नुहुन्छ, “यी–यी देशमा बनेका स्मार्ट कार्डलाई नेपालीकरण गर्ने भनेर सरकारले निर्णय गरेमा सेवाग्राहीले दूतावास समेत जानुपर्ने थिएन ।”

कार्यालयले गत चैतदेखि चालक स्मार्ट कार्ड दिन थालेको हो । नयाँ र नवीकरण भएका कार्ड दुवै स्मार्ट कार्ड नै वितरण भइरहेको छ । सात महिनामा कार्यालयले एक लाखभन्दा बढी स्मार्ट कार्ड वितरण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री