
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुदृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रमको उद्घाटन गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २७ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले क्यालेन्डर बनाएर २०७४ साल माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराइने बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रममा सभापति देउवाले भन्नुभयो, “निर्वाचन नभएर देश पछाडि परिसक्यो । देशलाई विकासको बाटोमा उन्मुख गर्न कुनै पनि हालतमा चुनाव हुन्छ । चुनाव रोकिँदैन ।”
सभापति देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आफूले निर्वाचन गर्ने विषयमा हिजो मात्रै छलफल गरेको बताउँदै एमाले निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्नुभयो । एमाले अध्यक्षसँग मिलेसम्म नयाँ स्थानीय संरचना नभए पुरानो संरचनाका आधारमा भए पनि स्थानीय निकायको निर्वाचन गर्नेबारेमा आफ्नो कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले संविधान संशोधनप्रति असन्तुष्टि भन्दै एमालेले मधेस र पहाडबीच झगडा गराएर देशमा विभाजन ल्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “पहिला प्रदेश नं ५ को मगर समुदायमा बसेका मानिस प्रदेश नं ४ को गुरुङ समुदायमा बस्दा के हुन्छ ?”
उहाँले नेविसङ्घ बलियो भएमा मात्र मुलुक बलियो हुने भन्दै आगामी स्ववियुको निर्वाचनमा नेविसङ्घलाई जिताउन सबै विद्यार्थी एक भएर लाग्न निर्देशन दिनुभयो ।
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान परिमार्जन हुँदै जाने दस्तावेज भएको बताउँदै संविधान संशोधनका विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आउनु दुःखद भएको बताउनुभयो ।
महामन्त्री कोइरालाले सबै दललाई मिलाएर राष्ट्रिय सहमतिका साथ मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको लामो त्याग र बलिदानपछि संविधान निर्माण भएको छ । यसलाई गुम्न दिनुहुँदैन ।”
पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन नेपाली काँग्रेसकै अग्रसरतामा हुने बताउनुभयो । उहाँले पार्टीमाथि प्रतिबन्ध रहेका बेलासमेत नेविसङ्घले पार्टीको भूमिका खेलेको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि अहिले नेविसङ्घले दबाब सिर्जना गर्नुुपर्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान संशोधन दलहरुको साझा एजेन्डा भएको बताउँदै क्षणिक फाइदाका लागि एमालेले संविधान संशोधन गर्न हुँदैन भनी अनर्गल प्रचार गरिरहेको आरोप लगाउनुभयो ।
केन्द्रीय सदस्य एवम् नेविसङ्घका पूर्वअध्यक्ष गोविन्द भट्टराईले सडकमा बसेर राष्ट्रियताको कुरा गर्दैमा राष्ट्रियता बलियो नहुने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य एवम् नेविसङ्घका पूर्वअध्यक्ष प्रदीप पौडेलले एमालेले आफ्नो सरकार रहेका बेला संविधान संशोधन र कार्यान्वयनका कुनै चासो नदिएको तर अर्को सरकारले काम गर्न खोज्दा अनावश्यक भाँजो हालेको आरोप लगाउनुभयो ।
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी