संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने मधेसी मोर्चाको निष्कर्ष

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक शनिबार बबरमहलमा बस्दै । तस्बिर ः रोशन सापकोटा, रासस

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक शनिबार बबरमहलमा बस्दै । तस्बिर ः रोशन सापकोटा, रासस

 

काठमाडौँ, २५ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्नेे निष्कर्ष निकालेको छ ।

बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा आज बसेको मोर्चाको बैठकले संशोधन प्रस्ताव छलफल र सहमतिका आधारमा पारित गर्ने निर्णय गरेको हो ।

सरकारले संशोधन प्रस्तावलाई सहमतिका आधारमा अघि बढाएको खण्डमा मोर्चाले सहयोग गर्ने निर्णय गरेको मोर्चाको एकघटक मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले राससलाई जानकारी दिनुभयो ।

मोर्चाले संशोधनका विषयलाई लिएर नेकपा (एमाले)ले देशमा वितन्डा मच्चाउनु लोकतन्त्र र सङ्घीय अभ्यासको बर्खिलाप भएको ठहर पनि गरेको छ ।

संशोधनका विरुद्ध अहिले चलिरहेको आन्दोलन उत्पीडित जनतालाई अधिकार नदिनका लागि चलाइएको वितण्डा भन्दै मोर्चाले सोको निन्दा गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री