
लहान, २५ मङ्सिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा लहानमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी हरिपुर– १ का १५ वर्षीया श्यामाकुमारी चौधरी रहेका छन् । ठक्करबाट मृतककी दिदी १६ वर्षीया बबिताकुमारी चौधरी गम्भीर घाइते भएकी छिन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त १८०२ नं को ट्याक्टरले दिदीबहिनी सवार साइकललाई लहान नगरपालिका– ११ पडरीयामा पछाडिबाट ठक्कर दिँदा घाइते भएकी श्यामाकुमारीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ भने बहिनी बबिताको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा