
सिंहदरबारस्थित उद्योग मन्त्रालयमा आगामी फागुन १९ र २० गते काठमाडौँमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलन बारे जानकारी दिनुहुँदै उद्योगमन्त्री नवीन्द्रराज जोशी सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा लगायत । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २४ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार लागिपरेको बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ पब्लिक युथ क्याम्पस एकाइ समितिले आज यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उद्योगमन्त्री जोशीले पछिल्लो समय कैयौँ युवा रोजगारका लागि विदेशीएकाले उनीहरुलाई रोक्न सरकार लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“उद्योगधन्दाको विकास गरी विदेशिएका युवालाई स्वदेशमा बस्ने वातावरण बनाउन सरकार लागिपरेको छ ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री जोशीले संविधान संशोधन गरी मुलुकलाई विकासको बाटोमा लैजान नेपाली काँग्रेस गम्भीर रहेको स्पष्ट पार्नुभयो ।
नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष एवम् सांसद रञ्जीत कर्णले सबै दलको भावनालाई समेटेर संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “संविधान संशोधनले तराई पहाड टुक्रिन खोजेको जस्तो देखिएको छ यसलाई चिर्न दलहरुबीच सहमति आवश्यक छ ।”
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले फागुनभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भभएकाले त्यसका लागि नेवि सङ्घ इमान्दार भएर लाग्न आग्रह गर्नुभयो ।
सङ्घ पब्लिक युथ क्याम्पसका सभापति सुशील तिमल्सेना, नेवि सङ्घका केन्द्रीय कोषाध्यक्ष शिव रिमाललगायतले संविधान कार्यान्वयनका लागि विद्यार्थीहरुले दबाब दिनुपर्नेमा जोड दिनुभयो ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
नेपालमा सवा ९ लाख मतदाता थपिए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार