
सिंहदरबारस्थित उद्योग मन्त्रालयमा आगामी फागुन १९ र २० गते काठमाडौँमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलन बारे जानकारी दिनुहुँदै उद्योगमन्त्री नवीन्द्रराज जोशी सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा लगायत । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २४ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार लागिपरेको बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ पब्लिक युथ क्याम्पस एकाइ समितिले आज यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उद्योगमन्त्री जोशीले पछिल्लो समय कैयौँ युवा रोजगारका लागि विदेशीएकाले उनीहरुलाई रोक्न सरकार लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“उद्योगधन्दाको विकास गरी विदेशिएका युवालाई स्वदेशमा बस्ने वातावरण बनाउन सरकार लागिपरेको छ ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री जोशीले संविधान संशोधन गरी मुलुकलाई विकासको बाटोमा लैजान नेपाली काँग्रेस गम्भीर रहेको स्पष्ट पार्नुभयो ।
नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष एवम् सांसद रञ्जीत कर्णले सबै दलको भावनालाई समेटेर संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “संविधान संशोधनले तराई पहाड टुक्रिन खोजेको जस्तो देखिएको छ यसलाई चिर्न दलहरुबीच सहमति आवश्यक छ ।”
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले फागुनभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भभएकाले त्यसका लागि नेवि सङ्घ इमान्दार भएर लाग्न आग्रह गर्नुभयो ।
सङ्घ पब्लिक युथ क्याम्पसका सभापति सुशील तिमल्सेना, नेवि सङ्घका केन्द्रीय कोषाध्यक्ष शिव रिमाललगायतले संविधान कार्यान्वयनका लागि विद्यार्थीहरुले दबाब दिनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय