काठमाडौँ, २४ मङ्सिर । विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि सञ्चालन हुन सकेन ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल सहित सात दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसद्को काम कारबाही अगाडि बढ्न नदिने भन्दै अवरोध गर्नुभएको हो ।
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका सांसद शिवलाल थापाले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नदिने अडान बारम्बार दोहोरयाएपछि सभामुख ओनसरी घर्तीले यही मङ्सिर ३० गतेसम्मका लागि सदनको कारबाही स्थगन भएको घोषणा गर्नुभयो ।
सभामुखले आगामी २०७४ माघ ७ गतेसम्ममा तीन तहको निर्वाचन गरिसक्नुपर्ने र विभिन्न ऐन कानुन बनाउनुपर्ने भएकाले सदनको कारबाहीमा अवरोध सिर्जना नगर्न अनुरोध गर्नुभयो तर विपक्षी सांसदहरुले सभामुखको आग्रहलाई बेवास्ता गर्दै आफ्नो आशनबाट उठेर विरोध गरेपछि सभामुखले मङ्सिर ३० गते बिहान ११ बजे अर्को बैठक बस्ने घोषणा गर्नुभयो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]