काठमाडौँ, २३ मङ्सिर । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलकेबुल मार्गबाट जोड्न आइपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले गत मङ्गलबार हङ्कङमा आयोजित एक कार्यक्रममा सो संझौतामा हस्ताक्षर गर्नुभएको हो ।
केही समयअघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएका थिए । त्यसपछि हाल यो सम्झौता सम्पन्न भएको हो । चीनसँग स्थलमार्गमार्फत जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ ।
संझौता पछि चिनियाँ मार्गबाट पनि इन्टरनेट आबद्धता सम्भव भएको छ । यसअघि भारतीय मार्गबाट मात्र सो कार्य सम्भव थियो । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकामा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आबद्ध हुन सहज बनेको हो ।
सम्झौता सम्बन्धी कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत अमात्यले नेपाल टेलिकमले थप मार्गबाट लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो मार्गमार्फत नेपाललाई ट्रान्जिट हबका रुपमा स्थापित गर्न सकिने अपेक्षा गर्नुभयो ।
त्यस्तै सिटिजीका कार्यकारी उपाध्यक्ष यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो मार्ग विस्तार गरिरहेको र यसबाट नेपाल–चीन मार्गमा सेवा प्रदान गर्नाका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको मार्ग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता