
उपराष्ट्रपति नन्दबहादुर पुनलाई मायाको चिनो प्रदान गर्दै रामग्राम पर्यटन विकास समितिका पदाधिकारीहरु । तस्बिर ः पुरुषोत्तम सुबेदी , नवलपरासी, रासस
नवलपरासी, २३ मङ्सिर । आजदेखि सुनवलमा सुरु भएको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्यौगिक व्यापार मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको छ ।
‘शान्ति समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार’ नाराका साथ सुरु भएको मेला आगामी पुस ३ गतेसम्म चल्ने छ । जिल्लाका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसार तथा उत्पादित वस्तुको प्रचारप्रसारमा मेला केन्द्रित रहने आयोजक नवलपरासी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभयो ।
मेलाको मुख्य आकर्षणका रुपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहने छ । मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रुपमा रहेको छ । मेलामा कृषि, पर्यटन, उद्योग व्यापार एवम् सूचना प्रविधि सम्बन्धी करिब ३०० वटा कक्ष रहेका छन् । मेलाको करिब तीन लाख दर्शकले अवलोकन गर्ने तथा रु १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
यसैबीच उपराष्ट्रपति पुनले आजै भगवान् गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तूपाको अवलोकन गर्नुभयो । उपराष्ट्रपति पुनले दीप प्रज्वलन गरी स्तूपाको ऐतिहासिक महत्वबारे जानकारीसमेत लिनुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने