
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जापान भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २२ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विद्यमान राजनीतिक समस्याको निकास दिन दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।
दश दिने जापान भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले देश सबै राजनीतिक पार्टीको भएकोले अहिलेको समस्यालाई निकास दिन सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभयो ।
“हिमाल, पहाड र तराईका बासिन्दामा सहज वातावरण बनाउन दलहरु जिम्मेवार हुनुपर्छ,” उहाँले भन्नुभयो । संविधान कार्यान्वयन र तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सबै दल जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय संविधान संशोधनका कुरालाई लिएर विभिन्न खालका टिका टिप्पणी भएकोप्रति लक्षित गर्दै नेता पौडेलले शब्दको दुरुपयोग गरेर मुलुक अगाडि बढ्न नसक्ने बताउनुभयो ।
संविधान संशोधनको विषयमा पार्टीभित्र छलफल भएको उहाँले बताउनुभयो । संविधान निर्माण भएको र यसलाई कार्यान्वयन गरेर विकासको बाटोमा अगाडि नबढे मुलुकमा खतरा आउनसक्ने पौडेलको भनाइ थियो । आफ्नो जापान यात्राले नेपाल–जापान सम्बन्ध झन बलियो भएको उहाँले बताउनुभयो ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]