
दाङ, २२ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनुभएको छ ।
दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई आज देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने र संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्ने बताउनुभयो ।
एमालेले तयार पारेको संशोधन प्रस्तावमा आफूले थोरै थपघट गरेर संशोधन प्रस्ताव ल्याएको भन्दै उहाँले एमालेले प्रस्तावको गलत प्रचार गरेको बताउनुभयो । उहाँले संविधान संशोधनको विरोधमा आन्दोलनरत दललाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो –“अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्नेछ, सरकारले हिमाल पहाड–तराई जोडेर एकताबद्ध गर्न खोजेको रहेछ, राष्ट्रिय एकता मजबुत गराउन खोजेको रहेछ, तर हामीले त बिखण्डन पो गर्न खोजेका रहेछौंँ भनेर एमालेले केही समयपछि गल्ती महसुस गर्नेछ ।” उहाँले दाङको विकासमा आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
माओवादीले दाङलाई केन्द्रमा राखेर विगतका दिनदेखि नै आफ्ना गतिविधि बढाएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले दाङको विकासका लागि लमही–कोइलावास सडकको स्तरोन्नति आवश्यक रहेको बताउनुभयो ।
भारत भ्रमणको बेला आफूले नेपालको हुलाकी मार्ग निर्माणका लागि सहयोग सम्झौता गरेको भन्दै उहाँले आफ्नै शासनकालमा लमही–कोइलाबास सडकको स्तरोन्नति हुने विश्वास दिलाउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता