काठमाडौ २१ मङ्सिर । विपक्षी दल निकटका युवा तथा विद्यार्थी सङ्गठनले संविधान संशोधन प्रस्तावको विरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका छन् ।
आज नयाँ बानेश्वरस्थित युवा सङ्घ नेपालको कार्यालयमा बसेको बैठकले आन्दोलनलाई सशक्त बनाउन थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी गराउनुभयो ।
उहाँले संशोधन प्रस्ताव नेपाली जनताको चाहना विपरीत ल्याइएकाले सरकारविरुद्ध आन्दोलन गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार बुधबार बिहान बालुवाटारमा प्रदर्शन र बिहीबार दिउँसो नयाँ बानेश्वरमा राष्ट्रियताको पक्षमा सडक कवितावाचन कार्यक्रम तय गरेका छन् ।
बैठकमा युवा सङ्घका उपाध्यक्ष रमेश पौडेल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजु, अखिल नेपाल युवक सङ्घका अध्यक्ष तिलक थापा, प्रगतिशील युवा सङ्घका अध्यक्ष लोकेन्द्र शाही लगायत सहभागिता छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]