
संशोधन प्रस्ताव विरुद्धको आन्दोलन सशक्त बनाउने निर्णय
काठमाडौ २१ मङ्सिर । विपक्षी दल निकटका युवा तथा विद्यार्थी सङ्गठनले संविधान संशोधन प्रस्तावको विरुद्ध आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका छन् ।
आज नयाँ बानेश्वरस्थित युवा सङ्घ नेपालको कार्यालयमा बसेको बैठकले आन्दोलनलाई सशक्त बनाउन थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी गराउनुभयो ।
उहाँले संशोधन प्रस्ताव नेपाली जनताको चाहना विपरीत ल्याइएकाले सरकारविरुद्ध आन्दोलन गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार बुधबार बिहान बालुवाटारमा प्रदर्शन र बिहीबार दिउँसो नयाँ बानेश्वरमा राष्ट्रियताको पक्षमा सडक कवितावाचन कार्यक्रम तय गरेका छन् ।
बैठकमा युवा सङ्घका उपाध्यक्ष रमेश पौडेल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजु, अखिल नेपाल युवक सङ्घका अध्यक्ष तिलक थापा, प्रगतिशील युवा सङ्घका अध्यक्ष लोकेन्द्र शाही लगायत सहभागिता छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने