तम्घास (गुल्मी), २१ मङ्सिर । प्रदेश नम्बर ५ लाई टुक्र्याउन लागेको विरोधमा आयोजना गरिएको अनिश्चितकालीन गुल्मी बन्दका कारण गत सातादेखि जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।
आन्दोलनकर्ताले दिनहुँ सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गर्दै विरोधमा उत्रिएपछि जिल्लाका सम्पूर्ण उद्योग तथा कलकारखाना एक सातादेखि ठप्प छन् ।
आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिने काम आज पनि जारी राखेका छन् । सवारीसाधन सञ्चालन नहुँदा कार्यालयमा सेवा लिन आउने सर्वसाधारण समेत थप समस्यामा परेका छन् । सेवाग्राहीको उपस्थिति नहुँदा सरकारी कार्यालयमा दिनभर सुनसान हुने गरेको छ ।
सरकारले प्रदेश टुक्र्याउने गरी संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा