संविधान कार्यान्वयनका लागि संशोधन ः गृह मन्त्री

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चितवनको रत्ननगरस्थित जयमंगलमा मङ्गलबारदेखि सुरु भएको धान्याचल महायज्ञमा बोल्दै । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चितवनको रत्ननगरस्थित जयमंगलमा मङ्गलबारदेखि सुरु भएको धान्याचल महायज्ञमा बोल्दै । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

चितवन, २१ मङ्सिर । उपप्रधान एवम गृह मन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव ल्याउनुपरेको बताउनुभएको छ ।

पूर्वी चितवनको जयमङ्गलास्थित श्रीराम मन्दिरमा आयोजित श्रीमद् भागवत धान्याचल ज्ञान महायज्ञ शुभारम्भ गर्दै उहाँले संविधान संशोधनको पक्षमा वातावरण बनाइदिन सबैसँगै आग्रह गर्नुभयो ।

प्रदेशको निर्माणले देश नटुक्रिनेमा जोड दिंदै उपप्रधानमन्त्री निधिले भन्नुभयो, “७५ जिल्ला हुँदा के नेपाल टुक्रिएको छ ? भ्रममा नपर्नुहोस्, प्रदेशको निर्माणले देश टुक्रिँदैन।” संविधान कार्यान्वयन अहिलेको महत्वपूर्ण चुनौती भएकाले संशोधन प्रस्तावमा एकमत हुन नसके संविधान कार्यान्वयनमा भने कठिनाइ पर्ने बताउनुभयो ।

एक घरमा धेरै दाजुभाइ हुन सक्छन् उनीहरु छुट्टिएर अंश भाग लगाउँदा परिवार विखण्डन हुँदैन बरु छुट्टाछुट्टै रहेर व्यवस्थित र आर्थिकरुपले समृद्धि गर्न सकिने हुँदा संशोधनप्रस्तावबाट डराउनु पर्ने अवस्था नरहेको उहाँले उल्लेख गर्नुभयो ।

महाभारतको पाठ सुन्दा संविधान संशोधन गर्नु पर्नाको कारण बुझ्न सकिन्छ भन्दै उपप्रधानमन्त्री निधिले महाभारतमा पनि ठूलो राजनीति छ, अहिले हामीले भोगेको भन्दा बढी राजनीति त्यहाँ छ ।

आफू हिन्दूवादी भएको भन्दै मन्त्री निधिले हिन्दू धर्मले सबै धर्मको रक्षा गर्ने हुँदा सबै धर्मका लागि सहज धर्म भएको उहाँले बताउनुभयो ।

कार्यक्रम संयोजक भेषराज दुवाडीले श्री राम मन्दिरले सञ्चालन गरेको श्रीराम बैद्धिक संस्कृत गुरुकुललाई उत्तरमध्यमासम्म सञ्चालनका लागि महायज्ञको आयोजना गरिएको हो भन्नुभयो । हाल कक्षा ६ देखि १० सम्म पढाइ भइरहेको सो गुरुकुलमा ५० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री