चौध महिनामा तीन निर्वाचन ः उपराष्ट्रपति पुन

उत्तरी धादिङको खहरेमा रहेको अचने उच्चमाविको वार्षिकोत्सब कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिर ः सिताराम अधिकारी, धादिङ, रासस

उत्तरी धादिङको खहरेमा रहेको अचने उच्चमाविको वार्षिकोत्सब कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिर ः सिताराम अधिकारी, धादिङ, रासस

मलेखु (धादिङ), २० मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी १४ महिनाभित्र नेपालमा तीनवटा निर्वाचन गरी संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

उत्तरी धादिङको खहरेस्थित अचने उच्चमाविको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन गर्न स्थानीय, प्रदेश र सङ्घको निर्वाचन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।

समृद्ध नेपाल निर्माण अहिलेको मुख्य एजेण्डा भएकाले पार्टीगत स्वार्थभन्दा माथि उठेर दलीय सहमतिमा देशलाई निकास दिन राजनीतिक दलहरूलाई उपराष्ट्रपति पुनले आग्रह गर्नुभयो ।

गत वर्षको भूकम्पबाट धादिङ जिल्ला ध्वस्त भएकाले पुनःनिर्माणमा जोड दिँदै यस वर्षभित्र सबै नागरिकको घर बनाउने व्यवस्था गर्नका लागि जिल्लास्थित सम्बन्धित निकायलाई आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री