
पूर्वाञ्चलमा आगामी पुस ८ देखि १५ गतेसम्म हुने सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पश्चिमाञ्चलस्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार पोखरा रङ्गशालामा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनाल । तस्बिरः निमदत्त सुवेदी, पोखरा, रासस
पोखरा, २० मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा कार्यान्वयन नै अहिलेको मुख्य दायित्व भएको बताउनुभएको छ ।
पूर्वाञ्चलमा आगामी पुस ८ देखि १५ गतेसम्म हुने सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पश्चिमाञ्चलस्तरीय खेलाडी छनोट प्रतियोगिताको आज पोखरा रङ्गशालामा उद्घाटन गर्दै उहाँले संविधान संशोधनतिर लाग्यौँ भने देशमा तनाव उत्पन्न हुने र विदेशी हस्तक्षेप बढ्ने विचार व्यक्त गर्नुभयो ।
संविधान कार्यान्वयनमा सबै राजनीतिक दल एकताबद्ध हुन आह्वान गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो “यसमा कसैले खुट्टा कमाउनु हुँदैन, संविधान घोषणा गर्न सक्ने तर कार्यान्वयन गर्न किन नसक्ने ?”
नेता खनालले संविधान चाँडो कार्यान्वयन भयो भने देश आर्थिक समृद्धितर्फ अघि बढ्छ भन्दै उहाँले देश समुन्नत भयो भने खेलकुद क्षेत्रमा धेरै बजेट आउन सक्ने र यस क्षेत्रका पूर्वाधार निर्माणमा सघाउ पुग्ने धारणा राख्नुुभयो । खेलकुद क्षेत्र अभैm सरकारको प्राथमिकतामा पर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले यस क्षेत्रमा पर्याप्त साधन स्रोत जुटाइदिन सरकारसँग आग्रह गर्नुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । उक्त छनोट प्रतियोगितामा यस क्षेत्रअन्तर्गत १६ जिल्लाका दुई हजार पाँच सय ८८ खेलाडीको सहभागिता छ ।
गायक राजु लामाको मंगोलियन हर्टले आगामी १३ डिसेम्बरमा बेलायतमा प्रस्तुति दिने
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट