काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराई र सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव, स्थानीय निकायको निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्रीले आन्दोलनरत दलको मागको सुनुवाइ गर्नकै लागि संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताउँदै प्रधानमन्त्रीले सरकारले केही दिनमै स्थानीय निकायको निर्वाचनको घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न दुवै नेतालाई आग्रह गर्नुभएको सल्लाहकार आचार्यले बताउनुभयो ।
भेटवार्तामा संयोजक डा भट्टराई र अध्यक्ष यादवले केही दिनअघि संयुक्त रुपमा जारी गर्नुभएको प्रेस विज्ञप्तिका विषयमा समेत प्रधानमन्त्रीले चासो राख्नुभएको थियो ।
पछिल्लो समय नयाँ शक्ति र सङ्घीय समाजवादी पार्टीबीच कार्यगत एकताका लागि प्रयास भइरहेको चर्चा चलिरहँदा दुवै नेता आज संयुक्त रुपमा प्रधानमन्त्रीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता