काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराई र सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव, स्थानीय निकायको निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्रीले आन्दोलनरत दलको मागको सुनुवाइ गर्नकै लागि संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताउँदै प्रधानमन्त्रीले सरकारले केही दिनमै स्थानीय निकायको निर्वाचनको घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न दुवै नेतालाई आग्रह गर्नुभएको सल्लाहकार आचार्यले बताउनुभयो ।
भेटवार्तामा संयोजक डा भट्टराई र अध्यक्ष यादवले केही दिनअघि संयुक्त रुपमा जारी गर्नुभएको प्रेस विज्ञप्तिका विषयमा समेत प्रधानमन्त्रीले चासो राख्नुभएको थियो ।
पछिल्लो समय नयाँ शक्ति र सङ्घीय समाजवादी पार्टीबीच कार्यगत एकताका लागि प्रयास भइरहेको चर्चा चलिरहँदा दुवै नेता आज संयुक्त रुपमा प्रधानमन्त्रीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने