काठमाडौँ, १९ मङ्सिर । व्यवस्थापिका– संसद्को आजको बैठक पनि संविधान संशोधनका विरोधमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत दलको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।
सरकारले संशोधनको विधेयक दर्ता गरे पनि सदन अवरुद्ध भएको यो तेस्रो दिन हो । बैठकका प्रारम्भमा विपक्षी सांसदले आफ्नो स्थानबाट उठेर अवरोध गर्नुभयो ।
त्यसपछि सभामुख ओनसरी घर्तीले समय दिएपछि नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले संविधान संशोधनमा भारतको दबाब र प्रभाव रहेको बताउँदै यस्तो प्रवृत्तिले मुलुकको सार्वभौमसत्ता खतरामा पर्ने आशङ्का गर्नुभयो । उहाँले विदेशी शक्तिले दलहरुको एकता गराउने र फुटाउने खेल गरिरहेको जिकिर गर्नुभयो ।
थापाको उक्त भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार श्रेष्ठले आफ्नो पार्टीको एकतामा कुनै बाह्य पक्षको हात नरहेको बताउनुभयो । थापाले आफूले एक अनलाइनमा आएको खबरका आधारमा सो अभिव्यक्ति दिएको जनाएपछि राप्रपाका सबै सांसद् उठेर विरोध जनाउनुभयो । सभामुखले थापाको उक्त भनाइ सम्पादन गर्न सचिवालयलाई निर्देशन दिनुभयो ।
थापाको मन्तव्यपछि विपक्षी दलका सांसद्ले आफ्नो स्थानबाट उठेपछि बैठक अवरुद्ध भएको हो । सभामुख घर्तीले समस्याप्रति सबै गम्भीर भएको र समाधान लागि यही सदनको प्रक्रियाबाट अघि बढ्नुपर्ने भएकाले सदनको कारबाही अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गर्दा पनि विपक्षीले नमानेपछि यही मङ्सिर २२ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन भयो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ