काठमाडौँ, १९ मङ्सिर । व्यवस्थापिका– संसद्को आजको बैठक पनि संविधान संशोधनका विरोधमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत दलको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।
सरकारले संशोधनको विधेयक दर्ता गरे पनि सदन अवरुद्ध भएको यो तेस्रो दिन हो । बैठकका प्रारम्भमा विपक्षी सांसदले आफ्नो स्थानबाट उठेर अवरोध गर्नुभयो ।
त्यसपछि सभामुख ओनसरी घर्तीले समय दिएपछि नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले संविधान संशोधनमा भारतको दबाब र प्रभाव रहेको बताउँदै यस्तो प्रवृत्तिले मुलुकको सार्वभौमसत्ता खतरामा पर्ने आशङ्का गर्नुभयो । उहाँले विदेशी शक्तिले दलहरुको एकता गराउने र फुटाउने खेल गरिरहेको जिकिर गर्नुभयो ।
थापाको उक्त भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार श्रेष्ठले आफ्नो पार्टीको एकतामा कुनै बाह्य पक्षको हात नरहेको बताउनुभयो । थापाले आफूले एक अनलाइनमा आएको खबरका आधारमा सो अभिव्यक्ति दिएको जनाएपछि राप्रपाका सबै सांसद् उठेर विरोध जनाउनुभयो । सभामुखले थापाको उक्त भनाइ सम्पादन गर्न सचिवालयलाई निर्देशन दिनुभयो ।
थापाको मन्तव्यपछि विपक्षी दलका सांसद्ले आफ्नो स्थानबाट उठेपछि बैठक अवरुद्ध भएको हो । सभामुख घर्तीले समस्याप्रति सबै गम्भीर भएको र समाधान लागि यही सदनको प्रक्रियाबाट अघि बढ्नुपर्ने भएकाले सदनको कारबाही अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गर्दा पनि विपक्षीले नमानेपछि यही मङ्सिर २२ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन भयो ।
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते