केसीको अनशन तोडाउने सरकारी प्रयास असफल

चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीको सर्मथनमा शनिबार बानेश्वरमा गरिएको विरोध प्रदर्शनमा बोल्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई । तस्बिर ः रोशन सापकोटा, रासस

चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीको सर्मथनमा शनिबार बानेश्वरमा गरिएको विरोध प्रदर्शनमा बोल्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, १८ मङ्सिर । विगत २१ दिनदेखि अनशनरत डा गोविन्द केसीको अनशन तोडाउने सरकारी प्रयास शनिबार पनि सफल हुन सकेन ।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा दिनभर भएको वार्तामा पनि निष्कर्ष निस्किएन ।

चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा जेपी अग्रवालको नियुक्ति भइसक्दा पनि डा केसीले त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँको राजीनामामा अड्डी लिइरहनुभएको छ ।

दुवैतर्फका वार्ता टोलीले तयार गरेको १२ बुँदे सहमतिको मस्यौदा तयार भइसकेको र आइतबार सहमतिपत्रमा हस्ताक्षर हुने वार्तामा सहभागी डा जीवन क्षेत्रीले राससलाई जानकारी दिनुभयो ।

उहाँले आज राति अबेरसम्म भएको वार्तामा सबै विषयमा सहमति भएको र त्यसलाई आइतबार अन्तिमरुप दिने तयारी गरिएको उल्लेख गर्नुभयो ।

डा भट्टराईद्वारा केसीको जीवनरक्षाको माग

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्वास्थ्य क्षेत्रको सुधारका लागि आमरण अनशनमा बसेका डा गोविन्द केसीको जीवनरक्षाका लागि सरकारले पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।

आज केसीका समर्थकले आयोजना गरेको रयालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै भट्टराईले केसीका माग जायज भएको भन्दै सरकारले तत्काल माग पूरा गरेर केसीको जीवनरक्षा गर्नुपर्ने बताउनुभयो ।

उहाँले शिक्षा र स्वास्थ्यमा व्यापार हुने गरेको उल्लेख गर्दै विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले अहिलेको परम्परागत राजनीतिले देशको दिशाबोध गर्न नसक्ने बताउँदै भन्नुभयो, “अहिलेको राजनीतिको विकल्प खोज्नु पर्दछ ।” कार्यक्रममा केसीका समर्थक डा जीवन क्षेत्री, निश्चल बस्नेत लगायतले सरकारले केसीको जीवनरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।

चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीको सर्मथनमा शनिबार बानेश्वरमा गरिएको विरोध प्रदर्शनका सहभागी । तस्बिर ः रोशन सापकोटा, रासस

चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीको सर्मथनमा शनिबार बानेश्वरमा गरिएको विरोध प्रदर्शनका सहभागी । तस्बिर ः रोशन सापकोटा, रासस

सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले केसीका माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज प्रदर्शन गरेको थियो । माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वर चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा केसीका समर्थकले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले ‘राजीनामा गर्नुपर्ने’, ‘केसीको मागलाई सम्बोधन गर्नुपर्ने’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री