काठमाडौँ, १८ मङ्सिर । धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार ३१० कित्ता सेयर कारोबार भएकोमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३१ अङ्कले बढेर साताको अन्तिम दिन एक हजार ६०० विन्दुमा पुगेको छ ।
कारोबार रकम गत साताको तुलनामा १५ दशमलव शुन्य दुई प्रतिशत बढेको छ । गत साता १५२ कम्पनीको कारोबार भई रु पाँच अर्ब सात करोड सात लाख ६६ हजार बराबरका ७३ लाख ३५ हजार ३६० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
स्टकका अनुसार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २९ दशमलव ५९ अङ्कले बढेर ३४६ दशमलव ४४ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेका छन् । सो बैंकको रु ७२ करोड १० लाख ६० हजार बराबरको सेयर कारोबार भएको थियो । यस्तै कारोबार भएको सेयर सङ्ख्याका आधारमा बैंक अफ काठमाडौँं अग्रस्थानमा रहेका छन् ।
सो बैंकको चार लाख ३७ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो । यस साता कसमस डेपलपमेन्ट बैंकको पाँच लाख तीन हजार १२५ कित्ता हकप्रद सेयर स्टकमा सूचीकरण भएको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय