साताको सेयर पाँच अर्ब बढीको कारोबार

Nepal-stock-exchange

काठमाडौँ, १८ मङ्सिर । धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार ३१० कित्ता सेयर कारोबार भएकोमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३१ अङ्कले बढेर साताको अन्तिम दिन एक हजार ६०० विन्दुमा पुगेको छ ।

कारोबार रकम गत साताको तुलनामा १५ दशमलव शुन्य दुई प्रतिशत बढेको छ । गत साता १५२ कम्पनीको कारोबार भई रु पाँच अर्ब सात करोड सात लाख ६६ हजार बराबरका ७३ लाख ३५ हजार ३६० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

स्टकका अनुसार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २९ दशमलव ५९ अङ्कले बढेर ३४६ दशमलव ४४ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेका छन् । सो बैंकको रु ७२ करोड १० लाख ६० हजार बराबरको सेयर कारोबार भएको थियो । यस्तै कारोबार भएको सेयर सङ्ख्याका आधारमा बैंक अफ काठमाडौँं अग्रस्थानमा रहेका छन् ।

सो बैंकको चार लाख ३७ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो । यस साता कसमस डेपलपमेन्ट बैंकको पाँच लाख तीन हजार १२५ कित्ता हकप्रद सेयर स्टकमा सूचीकरण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री