काठमाडौँ, १५ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको विधेयक मान्य नभएको बताएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको बैठकले मधेसी मोर्चाको सहमति बिना दर्ता गराइएको विधेयकले मधेसी, आदिवासी, जनजातिलगायत सिमान्तकृत समुदायले उठाएका मुद्दालाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको हो ।
बैठकले यथास्थितिमा सरकारले दर्ता गरेको विधेयकलाई स्वीकार गर्न नसकिने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विधेयकले आफूहरुको मागलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार भावी रणनीतिका बारेमा मोर्चाको आगामी बैठकले निर्णय लिनेछ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने