काठमाडौँ, १५ मङ्सिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत अठार दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीलाई सरकारी चिकित्सक संङ्ग नेपाल ( गोदान) ले समर्थन जनाएको छ ।
गोदानका महासचिव डा विष्णुरथ गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीको अनशन टुङ्ग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमा उल्लेख छ ।
महासचिव डा. गिरीले २४ घन्टा पछि डा केसीको जीवनरक्षाका लागि गोदानबाट गरिने संङ्घर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आफ्ना सदस्यलगायत आम नागरिकमा आग्रह गर्नुभएको छ ।
नेपालमा चिकित्सा शिक्षा प्रदान गर्ने अधिकांश संस्थाको स्थापना सरकारी तवरबाट भई जेहेन्दार विद्यार्थीले सर्वसुलभ रुपमा अध्ययन गर्नसक्ने वातावरण बन्नुपर्छ भन्ने लगायतका मागप्रति गोदानले एक्यवद्धता जनाएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।
डा केसीको कदमबाट दुर्गम क्षेत्रमा कार्यरत र काम गर्न कबुल गरेका चिकित्सकलाई थप प्रोत्साहन हुने गरी नीति निर्माण गर्नसमेत बल पुग्ने अपेक्षा गोदानले लिएको विज्ञप्ति भनिएको छ ।
सरकारले प्रा डा केसीको मागबारे वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको छ । समितिले चार पटकसम्म वार्ता गर्दा पनि दुबै पक्षबीच सहमति हुन सकेको छैन ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी