लण्डन । हाङपाङ समाज युकेको साधारणसभा सम्पन्न भएको छ ।
गत शनिबार लण्डनको ब्लु अर्किड रेस्टुरेन्टमा सम्पन्न सो साधारणसभा समाजका अध्यक्ष विश्वराज फेयङ साँवाको अध्यक्षतामा भएको थियो ।
महासचिव टेकमान खपाङ्गीमगरले संचालन गरेको सो साधारणसभामा महासचिव र कोषाध्यक्ष दीपक याक्सोले पेश गरेको प्रतिवेदन पारित गरेको थियो । समाजका उपाध्यक्ष कवितबहादुर याक्सोले साधारणसभामा उपस्थित सबैलाई स्वागत गरेका थिए ।
साधारणसभामा विभिन्न समसामयिक प्रस्तावहरुमाथि छलफल गरी विभिन्न निर्णयहरु लिइएको महासचिव मगरले बताए । उनका अनुसार समाजको समर भेला तमुधिँ भवन मिचेटमा मे १३ मा र समाजको दोस्रो अधिवेसन नोभेम्बर ११, २०१७ मा लण्डनमा गर्ने निर्णय गरेको छ ।
साधारणसभामा नेपालबाट भर्खरै अाएका दिलबहादुर राना र फूलमाया राना तथा रुद्रकुमार खपाङगीलाई स्वागत गरिएको थियो ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक