
काठमाडौँ, १४ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध पेस भएको महाअभियोगको प्रस्तावमा छलफल भयो ।
सो प्रस्तावलाई छिटो टुङ्गोमा पुरयाउन आग्रह गर्दै आज बोल्ने अधिकांश सांसद्ले महाअभियोगको समर्थनमा अभिव्यक्ति दिनुभएको थियो ।
छलफलमा भवानीप्रसाद ठाकुर, लालबाबु यादव, हर्कबोल राई, हरिप्रसाद उप्रेती, जमिन्द्रमान घले, श्यामप्रसाद ढकाल र कलसादेवी महराले भाग लिनुभएको थियो ।
सो प्रस्तावमाथिको छलफल आगामी बैठकमा पनि जारी रहनेछ । संसद्को अर्काे बैठक यही मङ्सिर १६ गते बिहीबार १ बजे बस्नेछ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक