लन्डन । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले आइतबार एम्पायर हलमा एक च्यारिटी कार्यक्रम गरेको छ । बेलायतको रसमोर क्षेत्रमा शिव मन्दिर निर्माण सहयोगार्थ आयोजित उक्त च्यारिटी डिनरमा एकै दिन ५८ हजार पाउण्डको प्रतिवद्धता आएको सेन्टरले जनाएको छ । व्यवसायी रवि लामिछाने एक्लैले १२ हजार ५०० पाउण्ड दिने घोषणा गरेका थिए । ठूलो हृदय भएका लामिछानेले दुई साताअघिमात्र गोर्खाली समाज यूकेको च्यारिटी डिनरमा गोरखाका गरिव तथा असहाय बालबालिकाको शिक्षाका लागि २० लाख रुपैयां दिने घोषणा गरेका थिए ।
उक्त कार्यक्रम दूतावासका अट्याची तेजेन्द्र रेग्मी र मेयर ज्याकी भोस्पेरले उद्घाटन गरेका थिए । सेन्टरका ट्रष्टी रोहित गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा ट्रष्टी जीव बेल्वासेले स्वागत मन्तव्य दिए भने अध्यक्ष सुनित जैन र महासचिवले शिव मन्दिर निर्माणको उद्देश्य र योजनाबारे अवगत गराएका थिए । कार्यक्रममा एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, एनआरएनए सल्लाहकार विश्वआदर्श पण्डित, सूर्य उपाध्याय लगायतले शुभकामना दिए । सांस्कृतिक सचिव विक्रम भट्टराईले कार्यक्रम सफल बनाउन ठूलो योगदान दिएका थिए । तस्विरहरुः मिलन तमु
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित