लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले अभिब्यक्ति श्रृंखला नवौँ भाग सम्पन्न गरेको छ ।
गत शनिबार फोक्सटन, केन्टमा सम्पन्न कार्यक्रममा यसपटक कवि तथा गीतकार निर्मला परिवेश राईलाई मञ्च प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी र विशेष अतिथिमा सेकेन्ड गोर्खा राइफलका गोर्खा मेजर गजेन्द्र आङदेम्वे थिए ।
नेपाल पत्रकार महासंघ, यूकेका अध्यक्ष नरेश खपांगी मगर, नेपाली बाङ्मय प्रतिष्ठान बेलायतकी महासचिव जया राई, बिएफबिस गोर्खा रेडियो यूके प्रतिनिधि रुपा रानामगर र सेकेन्ड गोर्खा राइफल सनक्लिफ ब्यारेकका उच्चपदस्थ सैनिक अधिकृतहरू अतिथिका रूपमा उपस्थित भएका थिए ।
कार्यक्रमको सुरूमा बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई प्रतिष्ठानका संरक्षक रक्ष राई र अध्यक्ष दयाकृष्ण राईले दोसल्ला तथा प्रतिष्ठानको लोगो अंकित उपहारले स्वागत गरेका थिए ।
दुई चरणमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो खण्डमा संगीतकार चोक गुरूङको गीति एल्बम ‘साँचो’ को विमोचन गरिएको थियो । प्रमुख अतिथि राजदूत सुवेदी र विशेष अतिथि गोर्खा मेजर गजेन्द्र आङदेम्वेले संयुक्त रूपमा एल्बम विमोचन गर्नुभएको थियो । विमोचित एल्बमको बारेमा श्रष्टा चोक गुरूङले प्रकाश पारेका थिए । साथै उक्त अवसरमा एल्बमको एक गीतको म्यूजिक भिडियो पनि प्रस्तुत गरिएको थियो ।
बहुप्रतिभाका धनी श्रष्टा चोक गुरूङ गीतकार, संगीतकार र सफल गायक पनि हुन् । उनको पहिलो गीति एल्बम ‘देशै रमाइलो’ लोक गीत २०५७ सालमा बजारमा आएको थियो । दोश्रो गीति एल्बम ‘दुःखी जीवन’ लोक गीत २०५८ साल र तेश्रो गीति एल्बम ‘अनुरोध’ लोक पप २०६१ सालमा प्रकाशित भएको थियो । त्यसैसाल चौथो एल्बम ‘अप्रिल फोर’ लोक आधुनिक बजारमा आएको थियो । गायक तथा संगीतकार चोक गुरूङको पाँचौ एल्बम ‘प्रकट’ आधुनिक २०६६ साल र छैटौ एल्बम ‘साँचो’ को भर्खरै सार्वजनिक गरिएको छ । ‘इलाम कोशेली भाग १’ र अन्य धेरै कलेक्शन एल्बमहरूमा पनि उनको स्वर र संगीत रहेको छ ।
दोश्रो चरणको कार्यक्रममा प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदी र प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले अभिब्यक्ति श्रृंखला नवौँ भागका कवि तथा गीतकार निर्मला परिवेश राईलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरेका थिए । दुई भागमा प्रस्तुत अभिब्यक्ति श्रृंखलाको सुरूमा स्रष्टा निर्मला परिवेश राईको उत्कृष्ट केही म्यूजिक भिडियोहरू देखाइएको थियो र दोश्रो भागमा एक दर्जन जति कविता, गीत र मुक्तकहरू वाचन गरिएको थियो ।
स्रष्टा परिवेश राईकोे पहिलो कृति ‘परिवेश’ कविता र गीत संग्रह २०६१ सालमा प्रकाशित भएको थियो । दोश्रो कृति गीति एल्बम ‘रोशनी’ २०६८ साल, तेश्रो कृति ‘परिवेशका पाइलाहरू’ गीत, कविता र मुक्तक संग्रह र चौथो कृति ‘रोनाशा’ गीति एल्बम २०७१ सालमा प्रकाशित भइसकेका छन् ।
पछिल्लो समयमा गीति लेखनमा सकृयता बढाउनु भएका स्रष्टा निर्मला परिवेश राईको पहिलो गीत ‘टुक्रिएको मुटु’ २०६८ सालमा रेकर्डिङ भएको थियो । अहिलेसम्म झण्डै तीनदर्जन गीत रेकर्डिङ भएको र दर्जनभन्दा बढी गीत छायांकन भइसकेको छ । स्रष्टा राईकोे गीतहरू ‘बीर विक्रम’ लगायत अन्य केही चलचित्रहरूमा पनि समावेश भएका छन् ।
अभिव्यक्ति श्रृंखलापछि उपस्थित कविहरुबाट कविता वाचन गरिएको थियो । सो अवसरमा कवि गणेश राई, टंक वनेम, सञ्जीव पारदर्शी, जानुका राई, रक्ष राई, भूपेन्द्र घिमिरे, विश्वासदीप तिगेला र देवेन्द्र खेरेस लगायतका कविहरूले कविता वाचन गरेका थिए ।
महासचिव मिजास तेम्बेले पहिलो चरण र कोषाध्यक्ष देवेन्द्र खेरेसले दोश्रो चरणको कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष गणेश राईले स्वागत मन्तव्य दिएका थिए । सन् २००७ सालबाट सुरू गरिएको अभिव्यक्ति श्रृंखलामा सन् २००७ संगीतकार चोक गुरुङ, २००८ साहित्यकार दयाकृष्ण राई, २००९ साहित्यकार टंक वनेम, २०११ संगीतविज्ञ किशोर गुरुङ, २०१२ साहित्यकार अञ्जु अञ्जली, २०१३ पप गायक नोर्देन तेन्जिङ भुटिया, २०१४ नाट्यकर्मी शशी थापा सुब्बा, २०१५ साहित्यकार रक्ष राई र २०१६ कवि तथा गीतकार निर्मला ‘परिवेश’ राईलाई मञ्च प्रदान गरिएको छ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित