काठमाडौँ, १२ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलका नेतामा कमल थापालाई चयन गरेको छ ।
सो पार्टीको संसदीय दलको आज बसेको बैठकले दलका उपनेतामा आपूर्तिमन्त्री समेत रहनुभएका दीपक बोहरालाई चयन गरेको छ । संसदीय दलका अन्य पदाधिकारी भने छिट्टै चयन हुने संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिनुभयो ।
बैठकले सरकारले संविधानका विषयमा आफ्नो दललाई हालसम्म आधिकारिक रुपमा कुनै प्रस्ताव नगरेको र कुन विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल नगरेका कारण आधिकारिक प्रस्ताव आएपछि निर्णय गर्ने बताएको छ ।
सरकारले आधिकारिक रुपमा प्रस्ताव दर्ता गराएपछि संविधान संशोधनका विषयमा आवश्यक निर्णय गरिने प्रमुख सचेतक गिरीले जानकारी दिनुभयो । बैठकले आगामी माघमा हुने पार्टी महाधिवेशन सफल पार्न र सङ्गठन निर्माणलाई गति दिन सबै नेता तथा कार्यकर्ता परिचालन हुने निर्णय समेत गरेको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय