काठमाडौँ, १२ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलका नेतामा कमल थापालाई चयन गरेको छ ।
सो पार्टीको संसदीय दलको आज बसेको बैठकले दलका उपनेतामा आपूर्तिमन्त्री समेत रहनुभएका दीपक बोहरालाई चयन गरेको छ । संसदीय दलका अन्य पदाधिकारी भने छिट्टै चयन हुने संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिनुभयो ।
बैठकले सरकारले संविधानका विषयमा आफ्नो दललाई हालसम्म आधिकारिक रुपमा कुनै प्रस्ताव नगरेको र कुन विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल नगरेका कारण आधिकारिक प्रस्ताव आएपछि निर्णय गर्ने बताएको छ ।
सरकारले आधिकारिक रुपमा प्रस्ताव दर्ता गराएपछि संविधान संशोधनका विषयमा आवश्यक निर्णय गरिने प्रमुख सचेतक गिरीले जानकारी दिनुभयो । बैठकले आगामी माघमा हुने पार्टी महाधिवेशन सफल पार्न र सङ्गठन निर्माणलाई गति दिन सबै नेता तथा कार्यकर्ता परिचालन हुने निर्णय समेत गरेको छ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक