लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आफ्नो महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टका लागि पहिलो चरणमा जग्गा खरिद गर्ने भएको छ । एकै चोटी भवन निर्माण थाल्न सहज नभएकाले ग्रीनबेल्ट एरियातिर जग्गा किनेपछि अरु निर्माण प्रक्रिया शुरु गर्ने निष्कर्षमा संघ पुगेको हो । संघका पदाधिकारी शुक्रबार वकिङ गएर जग्गा समेत अवलोकन गरेका थिए । जग्गा आफैंले किनेर प्लानिङ परमिसन प्रक्रियापछि पनि भवन निर्माण गर्दा सस्तो पर्ने ठम्याइ संघको छ ।
यही क्रममा एनआरएनए यूकेले शनिबार फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा बेलायतका करिब दुई दर्जन संघसंस्थाका प्रतिनिधिसंग छलफल गरेको छ । केही दिन अघि दूतावास भवन पुगेर नेपाल हाउस प्रोजेक्टका लागि राजदूतसंग सहयोग मागेको संघले नेपाल हाउस अभियानकै क्रममा फार्नबोरोमा संघसंस्थाका प्रतिनिधिसंग छलफल गरेको हो । छलफलमा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, महासचिव विजयविक्रम लिंग्देन, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले नेपाल हाउस प्रोजेक्टको अवधारणा, यसको दीर्घकालिन फाइदा, लगानी जुटाउन चुनौती र अन्य विभिन्न आयामबारे प्रष्टयाएका थिए ।
छलफलका सहभागीले नेपाल हाउस प्रोजेक्टबारे जनस्तर र क्षेत्रगत रुपमा अझ व्यापक प्रचार प्रसार अभियान थालिनुपर्ने, यसको स्पष्ट भिजन प्रस्तुत गरिनुपर्ने, तह तप्का हेरेर चरण चरणमा कोषवृद्धि अभियान थालनी गर्नुपर्ने, संघसंस्था र आम बेलायतवासी नेपालीको मन जित्न पारदर्शीताको विश्वास दिलाउनुपर्ने आदि सुझाव दिएका थिए । केहीले नेपाल हाउसको चन्दा संकलनका लागि अनलाइन व्यवस्था गर्न सके बेलायतमात्र होइन, विश्वभरबाट आर्थिक संकलन हुने सल्लाह दिए । कतिपय सहभागीले संघसंस्था, व्यापारिक घराना र व्यक्तिहरुसम्म एनआरएनए यूकेको पहुंच अझ व्यापक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एनआरएन युरोप संयोजक कुल अचार्य, सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूके अध्यक्ष घनश्याम पौडेल, व्यवसायी कमल भण्डारी लगायतले आ आफ्ना सुझाव दिए ।
नेपाली कला, संस्कृति झल्काउने उद्देश्यसहित करिब अढाइ मिलियन पाउण्ड लागतमा बनाउन लागिएको नेपाल हाउसमा ६ सय जना अट्ने सम्मेलन कक्ष, लाइब्रेरी, क्याफे, सोभिनियर सप, गोर्खा संग्रहालय, बैठक कक्ष, दुई सय कार र दुई वटा बसका लागि पार्किङ व्यवस्था, डबल बेडरुमको १६ अतिथी आवास कोठा आदि राख्ने लक्ष्य लिइएको छ । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले हालसम्म एक लाख ७५ हजार पाउण्डको प्रतिवद्धता आइसकेको जानकारी दिए ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’