जनकपुरमा चाँडै योग शिविर गर्ने रामदेवको वाचा

पूर्वाञ्चलकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता भगवती शक्ति पिठमा पूजा गर्न पुग्नु भएका योग गुरु स्वामी रामदेवलाई स्वागत गर्दे स्थानिय । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस

पूर्वाञ्चलकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता भगवती शक्ति पिठमा पूजा गर्न पुग्नु भएका योग गुरु स्वामी रामदेवलाई स्वागत गर्दे स्थानिय । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस

महेन्द्रनगर (धनुषा), ११ मङ्सिर । मित्रराष्ट्र भारतका प्रख्यात योगगुरु बाबा रामदेवले चाँडै नै जनकपुरधाममा साताव्यापी योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज दिउँसो १२ बजेदेखि हजारौँको सङ्ख्यामा बाबा रामदेवलाई स्वागत गर्न जनकपुरको ऐतिहासिक तिरहुतिया गाछीमा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै उहाँले जनकपुरधाम आएर जानकी मन्दिरमा दर्शन गर्न नसकेकोमा दुःख व्यक्तगर्दै चाँडै नै पुनः जनकपुर आई साताव्यापी योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

योगगुरु रामदेवले जनकपुरले आफूलाई लोभ्याएको भन्दै यो भूमिलाई योगकेन्द्रका रुपमा विकास गर्न सरोकारवालालाई आग्रहसमेत गर्नुभयो ।

दिउँसो १२ बजे नै आउने सूचना सम्प्रेषण भएकाले बिहान १० बजेदेखि नै भेला भएको भीडमा साँझ ५ बजे मात्रै आइपुगेका उहाँले स्थानीयको उत्साह देखेर आफू खुसीले गद्गद् भएको बताउनुभयो । ‘जनकपुर साँच्चिकै महान छ ’ भन्दै अहिलेलाई धेरै समय दिन नसकेपनि चाँडै फेरि जनकपुर आउने र पाँच दिवसीय योग शिविर चलाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

जनकपुरमा बाबा रामदेवलाई पतञ्जली योगकेन्द्र, धनुषाका अध्यक्ष सुरेश यादवले योगकेन्द्रका तर्फबाट र जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साह ‘हिरा’ ले जनकपुरवासीकातर्फबाट नागरिक अभिनन्दन गर्नुभएको थियो । कार्यक्रममा काँग्रेसकी सांसद मोक्ताकुमारी यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका सांसद दिनेश साह लगायत विभिन्न दलका नेता र उद्योगी सहभागी थिए ।

नेपाली सेनाको हेलिकोप्टर चढेर आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण, उद्योगपति उपेन्द्र महतो लगायतको टोलीसहित आएका रामदेवले जनकपुरको कार्यक्रममा करिब २० मिनेट मात्र समय दिनुभयो ।

साँझका बेला अँध्यारो हुँदै गएको र जनकपुरबाट उडेपछि स्वामी रामदेव सिमरामा पुग्नुपर्ने तथा आचार्य बालकृष्ण राजधानी पुग्नुपर्ने कारण देखाउँदै शिविरस्थलमा पुगेको २० मिनेट नपुग्दै फर्कनु भयो ।

योगगुरु रामदेव जनकपुरको जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गर्नुका साथै जानकी नगरस्थित योग शिविरको उद्घाटन गर्ने तथा तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम थियो, तर उहाँ ढिला आइपुग्नुभएकाले जानकी दर्शन तथा योग शिविर उद्घाटन कार्यक्रममा सहभागी हुनु भएन ।

रामदेवद्वारा छिन्नमस्ता भगवतीको पूजापाठ, बलि नचढाउन आग्रह

राजविराज, १० मङ्सिर । पूर्वाञ्चलकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपीठमा योग गुरु स्वामी रामदेवले आज पूजापाठ गर्नुभएको छ ।

पूजापाठपश्चात मन्दिर परिसरमा स्वामी रामदेवले सप्तरीको छिन्नमस्ता भगवतीमा भइरहेको पशुबलिले समाज र मानव शरीरसमेतलाई हानी पु¥याइरहेको भन्दै शक्तिपीठमा पशुबलि नचढाउन आग्रह गर्नुभयो ।

साथै उहाँको आग्रहलाई त्यहाँ उपस्थिति ठूलो जनसागरले सहजरुपमा स्वीकार गरेका थिए । यस्तै सोही नागरिक अभिनन्दन कार्यक्रममै उहाँका समकक्षी आचार्य बालकृष्णले विश्वमा शान्तिको कामना गर्दै छिन्नमस्ता शक्तिपीठ परिसरमा आउँदो चैतमा हुन लागिएको लक्षचण्डी रुद्र महायज्ञका लागि भारतीय रु लाख र शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरलाई दानस्वरुप एक लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

उहाँको आज बिहान ११ बजे पूजापाठ गर्ने समय रहे पनि तोकिएको समयभन्दा साढे तीन घन्टा ढिलो छिन्नमस्ता भगवतीमा शक्तिपीठ पूजा पाठ गर्नुभएको हो । साथै उहाँले त्यहाँ उपस्थित हेर्न आएका हजारौँ जनतालाई अभिन्नदन गर्नुभयो ।

उहाँलाई हेर्न सप्तरीलगायत छिमेकी राष्ट्रिय भारतीय सीमावर्ती क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा जनसागर ओर्लेको थियो ।

एसपी लोहनीबाट पत्रकारलाई कुटिए, विभिन्न सङ्घसंस्थाबाट भत्र्सना 

योग गुरु स्वामी रामदेव छिन्नमस्ता भगवतीको पूजा गर्न मन्दिर परिसरमा जाने क्रममा आज सरुवा भएर सप्तरी आएका प्रहरी उपरीक्षक दिवेश लोहनीले नेपाली पत्रकारलाई कुटपिट गर्नुभएको छ ।

उहाँले मन्दिर परिसरभित्र भारतीय पत्रकार छिर्न दिए पनि नेपाली पत्रकारलाई रोक लगाउँदै कुटपिट गरेको पत्रकारले आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासङ्घ सप्तरीका कार्यसमिति सदस्य चन्दन यादवलाई कुटपिट गर्दै अन्य छ जना पत्रकारलाई दुव्र्यवहार गरेका छन् ।

यसैबीच घटना भत्र्सना गर्दै नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले घोरभत्र्सना गर्दै स्थानीय प्रशासनसँग प्रहरी उपरीक्षक लोहनीलाई कारबाहीको माग गरेको छ ।

महासङ्घका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवले जनताको सेवा गर्ने प्रहरीले पत्रकारमाथि हातपात गर्नु अत्यन्त निन्दनीय कार्य भएको भन्दै प्रहरी उपरीक्षकलाई तत्कालै फिर्ता बोलाउन गृह मन्त्रालयसँग आग्रह गरेका छन् ।

त्यस्तै प्रेस मञ्च सप्तरीले समेत उक्त घटनाको भत्र्सना गरेको छ । मञ्चका सहसचिव ध्रुव मण्डलले आजै एक विज्ञप्ति जारी गर्दै कानुनको पालना गर्नुपर्ने निकायले राज्यको चौथो अङ्ग सञ्चार जगतमाथि निसाना साँध्नु लज्जास्पद रहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री