काठमाडौँ, ९ मङ्सिर । संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल एमालेसँग परामर्श गर्नुभएको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतालाई बोलाएर संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरुप छलफल गर्नुभयो । भेटमा संविधान संशोधन र पूरक बजेटको तयारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा मिलेरै अघि बढ्न आग्रह गर्दै पूरक बजेटका विषयमा समेत एमालेको सुझाव माग्नुभएको थियो ।
भेटमा संविधान संशोधन र पूरक बजेटको तयारीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा मिलेरै अघि बढ्न आग्रह गर्दै पूरक बजेटका विषयमासमेत सुझाव माग्नुभएको थियो । जवाफमा एमालेले संशोधनको प्रस्ताव असान्दर्भिक भएको बताउँदै अहिले पूरक बजेट ल्याउनुपर्ने आशयप्रति प्रश्न उठाएको थियो ।
प्रधानमन्त्रीसँग संविधान संशोधन र पूरक बजेटका सन्दर्भमा कुराकानी भएको एमाले उपाध्यक्ष भीमबहादुर रावलले राससलाई जानकारी दिनुभयो । “संशोधनको कुरा राष्ट्रको हितमा छैन, यसले अन्योल र अरु द्वन्द्व निम्त्याउन सक्छ, जसका लागि संशोधन गरिँदैछ, उनै विरोधमा रहेकाले कसका लागि संशोधन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,”,उहाँले भन्नुभयो । एमालेले पूरक बजेट कुन आशयका साथ ल्याउन लागेको हो र अहिले आएर किन समर्थन चाहियो भन्ने प्रश्न पनि प्रधानमन्त्री समक्ष राखेको उपाध्यक्ष रावलले बताउनुभयो ।
छलफलमा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री कृष्णबहादुर महरा तथा एमालेका तर्फबाट अध्यक्ष ओली, उपाध्यक्षद्वय वामदेव गौतम र रावल सहभागी हुनुहुन्थ्यो ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता