
राष्ट्रिय प्रजातन्त्र पार्टीेका अध्यक्ष कमल थापा बिहीबार केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै । तस्बिरःकृष्णराज गौतम, रासस
काठमाडौँ, ९ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीे केन्द्रीय कार्यसमितिको आजको बैठकले राष्ट्रिय एकता, अखण्डता र हितलाई दृष्टिगत गर्दै मधेस समस्याको समाधानका लागि संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबारदेखि यहाँ बसेको बैठक आज सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिमा संविधान संशोधनको कार्य अगाडि बढाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले मुलुकमा धर्मनिरपेक्षताका आडमा धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न माग गर्दै संविधान संशोधनका क्रममा नेपाललाई हिन्दू राष्ट्र कायम गराइने जिकिर गर्नुभयो ।
सो अवसरमा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले देशमा राष्ट्रवादी शक्तिको खाँचो रहेकाले अब पार्टीलाई अग्रणी स्थानमा पुरयाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले सो पार्टी अहिले सरकारमा रहे पनि महत्वपूर्ण निर्णय गर्ने सन्दर्भमा बेवास्ता गरिँदै आएकाले सरकारमा सहभागी हुनेबारेमा पुनःविचार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
एकीकरण भएपछि पहिलो पटक बसेको उक्त बैठकले आगामी माघ महिनाभित्र पार्टीको अधिवेशन गर्ने निर्णय समेत गरेको छ । जिल्ला, क्षेत्र, नगर, गाउँ तथा वडा एकाइ समितिको एकीकृत कार्यसमिति गठन गर्ने र पार्टीका सुल्झन बाँकी विषयलाई महाधिवेशनले टुङ्गो लगाउने निर्णय बैठकले गरेको छ । गत सोमबार राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएको हो ।
नेपाललाई विश्वकप छनोटको उपाधि
मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’
यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको बेलायतका राजकुमार एन्ड्र्युमाथि आरोप
बेलायतसहित ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णय
विदेशमा रहेका नेपालीलाई सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारसँग एनआरएनएको आग्रह
सर्वदलीय बैठक : लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह
अक्टुबर १७ मा बेलायतको रेडिङमा दसैं तथा तिहार विशेष कार्यक्रम आयोजना गरिने
अभिनेता हमालको ‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ विमोचन
गैरआवासीय नेपाली संघ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
पोर्चुगलमा मनाइयो एनआरएनए स्थापना दिवस