लन्डन । शुक्रबार २४ नोभेम्बरदेखि नेपालमा देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र ‘पुरानो डुंगा’ आगामी महिना बेलायत समेत आउने भएको छ ।
यसअघि दश भन्दा बढि सिनेवर्ल्ड हलमा सफलतापूर्वक ‘गाजलु’ प्रदर्शन गरेको इन्टरनेशनल नेपलिज फिल्म एकेडेमी (इन्फा यूके) ले ‘पुरानो डुंगा’ बेलायत ल्याउन लागेको हो । डिसेम्बरमा ल्याउने तयारी भएपनि फिल्म प्रदर्शन हुने स्थान र मिति भने तय हुन बांकी छ ।
फिल्म प्रदर्शनका क्रममा उक्त फिल्मका मुख्य पात्रहरु नायक नायिका दयाहाङ राई र प्रियंका कार्की एवं निर्देशक रामबाबु गुरुङ समेत सहभागी हुने इन्फा यूकेका प्रशान्त थापाले जानकारी दिए । प्रियंका र दयाहाङ आवद्ध फिल्म ‘हयाप्पी डेज’ को यतिखेर बेलायतमै छायांकन भएकाले कलाकारहरु त्यही क्रममा प्रदर्शनमा समेत सहभागी हुनेछन् ।
फिल्म शो केबल मनोरन्जनका लागि मात्र नभएर नेपाली कला, संस्कृतिको संरक्षण र संवर्धन गर्नु पनि रहेको थापाले जनाए । उनले बेलायतवासी नेपालीलाई फिल्म हेरिदिएर यसको प्रवर्धन गर्न पनि आग्रह गरेका छन् ।
फिल्म हेर्न नायक दयाहाङको यस्तो अनुरोध छः
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा